पहिरो र बाढीमा परेर डोटीमा आठ जनाको ज्यान गयो

  • कार्तिक ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डौ । लगातारको वर्षापछि पहिरो र बाढीमा परेर डोटीमा आठ जनाको ज्यान गएको छ । सायल गाउँपालिका वडा नम्बर ६ मा पहिरोले वीरबहादुर कुन्जेडाको घर भत्किँदा उहाँका छोराहरू १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको ज्यान गएको छ ।

यस्तै बाढी र पहिरोमा परेर शिखर नगरपालिका ११ की मन्दरा बलायर, जोरायल गाउँपालिका ३ का जोगी सार्की, त्यही गाउँपालिकाको वडा नम्बर ४ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विकको ज्यान गएको छ ।

यस्तै सायल गाउँपालिका १ मा रहेको छत्रे खोलाले बगाउँदा ७४ वर्षीय वीरे रोकाया भने बेपत्ता भएका छन् । यसैगरी केआईसिंह गाउँपालिका ४ मा पहिरोको जोखिममा रहेका गाउँका एक सय ५० जना भन्दा धेरै विस्थापित भइ गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा पुगेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी दिपायल सिलगढी नगरपालिका ८ पाङरिमा २० घर परिवार पहिरोको जोखिममा परि विस्थापित भइ स्थानीय दुर्गा आधारभूत विद्यालयमा पुगेका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved