राप्रपाको नेतृत्व परिवर्तनको पक्षमा काठमाडौंमा भेला सम्पन्न

  • कार्तिक १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । महाधिवेशनको मिति नजिकिँदै गर्दा राप्रपा भित्र नेतृत्व परिवर्तनको औपचारिक बहस प्रारम्भ भएको छ । आज काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य, उपत्यकाका स्थानीय तह, प्रदेशसभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अध्यक्ष र अगुवा कार्यकर्ताको भेलामा राप्रपा नेताहरू सांसद राजेन्द्र लिङ्देन र नेपालगन्जका मेयर डा।धवल शमशेर राणाले राप्रपा बचाउन र नवीन राप्रपा निर्माण गर्न नेतृत्व परिवर्तन आवश्यक रहेको र नयाँ नेतृत्वका लागि आफूहरू तयार रहेको उदघोष गरेका छन् ।
राप्रपाका नेताहरू पूर्व उपाध्यक्ष दिलविकास राजभण्डारी र काठमाडौंका पुराना एवं लोकप्रिय नेता जयकुमार खड्काले संयोजन गरेको दिपावली चियापान समारोहमा बोल्दै नेता लिङ्देनले पार्टीको वर्तमान नेतृत्वको अभिभावकीय भूमिका रहनुपर्ने बताउदै पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई नयाँ शिराबाट उठाउन आगामी महाधिवेशन मै नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताएका छन् ।

IMG_20211101_180755-1536x875 received_211138141125136-1536x1152
पार्टी एकता पछि पार्टीले गति लिनेछ भन्ने आम अपेक्षा माथि वर्तमान नेतृत्वको कारणबाट तुषारापात भएको, पार्टीको सुनौलो भविष्य निर्माण गर्न आगामी महाधिवेशन राप्रपाका नेता कार्यकर्ताका लागि अन्तिम अवसर भएको र यो अवसर गुमाउन नहुनेमा जोड दिएका छन् । नेता लिङ्देनले अहिलेकै अवस्थाको निरन्तरताले पार्टी विघटनको जोखिम रहेको उल्लेख गर्दै पार्टीको एजेन्डाको रक्षा गर्न महाधिवेशन प्रतिनिधि र शुभेच्छुकले विवेक प्रयोग गर्नुपर्ने ऐतिहासिक मोडमा आइपुगिएको र आफू नेतृत्वका लागि अघि बढ्ने संकेत गरेका छन् । राप्रपा नेता डा।राणाले राप्रपालाई कुनै पार्टीको पिछलग्गु पार्टी बनाउन नहुने र राप्रपालाई आफ्नो तागतमा चुनाव जित्ने पार्टी बनाउन कार्यकर्तामा भरोसा हुनुपर्ने बताउदै अहिले कार्यकर्तामा नेतृत्व प्रति भरोसा टुटेको उल्लेख गरेका छन् । राणाले नेपाली जनताले खोजेको वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता पुरा गर्न बलियो राप्रपा हुनुपर्नेमा जोड दिदै यथास्थितिको निरन्तरता भन्दा राप्रपा नयाँ नेतृत्व तर्फ अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

भेलामा राप्रपा नेताहरू राजेन्द्र लिङ्देन, धवल शमशेर राणा, हेमजङ्ग गुरुङ, डा।गोविन्दराज खनिया, भरत गिरी, गोपाल दाहाल, दिलविकास राजभण्डारी, जयकुमार खड्का, तारानाथ लुइँटेल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, एजी शेर्पा, लक्ष्मी संग्रौला, प्रेम बलायर, रमानन्द न्यौपाने, प्रविन थोकर तामाङ, दिनेश कार्की, युवराज घिमिरे, लिला स्त्री, श्याम खड्का, श्याम घिमिरे, दमन बस्नेत, चिरागमान सिंह कुँवर, मोहनकाजी भण्डारी सहित केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिका अधिकांश सदस्य लगायत उपत्यकाका स्थानीय, प्रदेश सभा र संघीय क्षेत्रका नवनिर्वाचित अध्यक्षहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved