सञ्जय साह ‘टकला’लाई ११ वर्षको सजाय फैसला

  • कार्तिक १६, २०७८
  • कालापानी मिडिया
alt

जनकपुरधाम । उच्च अदालत जनकपुरले जनकपुरधाम बम काण्डमा पूर्वराज्यमन्त्री सञ्जय साह ‘टकला’लाई ११ वर्षको सजाय फैसला गरेको छ। पाँच जनाको मृत्यु र ४० जनाभन्दा बढी व्यक्ति घाइते हुने गरी भएको बम बिष्फोटको घटनामा ‘ज्यान मार्ने षड्यन्त्र कसुर’मा अदालतले सोमबार उक्त फैसला सुनाएको हो।

विक्की दास कथबनियाले दिएको मुद्दामा न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले सोमबार साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो। यसअघि जिल्ला अदालत धनुषाले साहलाई २०७५ सालमा मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

यसअघि असोज १७ मा उच्च अदालतले जनकपुर बमकाण्डकै अर्को ज्यान मार्ने मुद्दामा साहलाई ७ वर्ष कैद सजाय सुनाएको थियो। उक्त मुद्दामा जिल्ला अदालतले १२ वर्षको सजाय सुनाएको थियो।

२०६९ वैशाख १८ गते मिथिला राज्य माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराइएको थियो। जसमा परी ५ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए।

उक्त घटनामा साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योग र ज्यान मार्ने षड्यन्त्र गरी दुई वटा मुद्दा दायर गरिएको थियो। साह ललितपुरको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन्। उनी धनुषा क्षेत्र नम्बर ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए। पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरम र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका उनलाई सांसद रहेकै बेला भारतको दिल्लीबाट पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved