पाकिस्तान विश्वकपको सेमिफाइनलमा

  • कार्तिक १७, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । नामिबियालाई हराउँदै पाकिस्तान विश्वकप टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । अबुधाबीमा गएराति भएको खेलमा पाकिस्तानले नामिबियालाई ४५ रनले हरायो ।

खेलमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले २० ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनायो । उसका लागि मोहोमद रिजवानले अविजित ७९ रन तथा बाबर आजमले ७० रन बनाए ।
जवाफमा १ सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४४ रन बनायो । लगातार चौथो जितसँगै पाकिस्तान विश्वकपको सेमिफाइनलमा प्रवेश ग¥यो ।

हिजै भएको अर्को खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले पनि सेमिफाइनल पुग्ने संभावना बलियो पारेको छ । समूह एक मा ४ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड शिर्ष स्थानमा रहँदा समान खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।

एक खेल कम खेलेको अष्ट्रेलिया ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुनेछन् । आजको पहिलो खेलमा न्युजिल्याण्ड र स्कटल्याण्ड भिड्दा दोस्रो खेलमा भारतले अफगानिस्तानको सामना गर्नेछ । लगातार दुई खेल हारेको भारत दबाबमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved