सौर्यले विराटनगरदेखि भैरहवाको सिधा उडान गर्ने

  • कार्तिक १८, २०७८
  • कालापानी मिडिया
alt

बिराटनगर । नेपालमा नै पहिलो पटक सौर्य एयरलाइन्सले प्रदेश १ को राजधानी विराटनगरदेखि लुम्बिनी प्रदेशको भैरहवा र भैरहवादेखि बिराटनगरको नियमित उडान भर्ने भएको छ । अन्तर प्रदेश उडानका लागि नेपाल सरकारले अगाडि सारेको नीतिलाइ पहिलो प्राथमिकता दिदै आगामी कात्तिक २२ गतेदेखि सौर्य एयरलाइन्सले बक्बारडियर कम्पनीको सिआरजे २०० जेट जहाजमार्फत विराटनगर–भैरहवा– विराटनगर सिधा उडान प्रारम्भ गर्ने एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिनुभयो । नेपाल नागरिक उड्यन प्राधिकरणको स्वीकृतिमा हाललाइ दैनिक एक÷एक उडान सञ्चालन गर्ने र आवश्यकता र यात्रुको मागलाइ दृष्टिगत गरि उडान थप गर्न सकिने अध्यक्ष पोखरेलको भनाइ छ ।

एयरलाइन्सले यो रुटका लागि एकतर्पिm हवाइ भाडा छ हजार रुपयाँ निर्धारण गरेको छ । सौर्य एयरलाइन्सले बिराटनगरदेखि भैरहवासम्मको सिधा उडान गरेपछि घण्टौँको यात्रा मिनेटमा गर्न सकिनेछ । भैरहवादेखि विराटनगर र विराटनगरदेखि भैरहवाको नियमित उडानले भगवान गौतम वुद्धको जन्मभूमिसमेत रहेको धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीको भ्रमणमा आउनेजाने तथा सो क्षेत्रबाट हवाई मार्ग भएर विराटनगर लगायत पूर्वी नेपाल तथा सिमावर्ती भारतीय क्षेत्रमा आउनजाने यात्रुहरुको यात्रा सहज एवं सरल हुने बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिनुभयो ।

स्थलमार्गबाट विराटनगरदेखि भैरहवासम्मको ४९६ किलोमिटर दुरी तय गर्न करिब पन्ध्र घण्टा लाग्नेमा सौर्यको जेट जहाजबाट केवल ५३ मिनेटमै यात्रा तय गर्न सकिने समेत एयरलाइन्सले जनाएको छ । यो रुटमा उडान सञ्चालन भएपछि अन्तर प्रदेश पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । हाल सौर्य एयरलाइन्सले तीन वटा जहाजमार्फत दैनिक विराटनगर काठमाडौ, भद्रपुर काठमाडौ ,भैरहवा काठमाडौ ,धनगढी काठमाडौ लगायतका रुटका लागि एक दर्जन उडान भर्दै आएको छ । सौर्यले चाडैँ नै नेपालगंजदेखि भद्रपुर र राजविराजदेखि काठमाडौंको उडान भर्ने योजना बनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved