रिक्त रहेका देशहरुमा राजदूत नियुक्त गर्ने सरकारको तयारीमा देउवा सरकार, उपाध्याय र सापकोटाको सम्भावना बलियो

  • कार्तिक २५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकारले पूर्ववत् केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरु खारेजी गर्दै नयाँ नियुक्तिको प्रक्रियालाई तीव्रता दिएको छ । उक्त क्रममा राजदूत नियुक्ति प्रक्रियाले पनि स्थान पाएको छ । सरकारले यसअघि भारत, अमेरिका र बेलायतमा नयाँ राजदूत सिफारिस गरेको छ भने बाँकी देशमा पनि सिफारिस गर्ने तयारी गरेको छ ।

भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिसकेको छ । सरकारले पछिल्लो समय अमेरिका, चीन र भारतका राजदूतलाई मन्त्रीस्तरीय सुबिधा दिने गरेको थियो ।

अब चीन लगायत अन्य देशका राजदूत नियुक्त हुने बताइएको छ । चीनका लागि नेपाली राजदूतमा चीनबाटै अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका सभामुख अग्निप्रसाद सापकोटाका छोरा रुपक सापकोटालाई पठाउनेबारे छलफल भइरहेको माओवादी केन्द्र निकट स्रोतले जनाएको छ ।

चीनमै भूराजनीतिको विषयमा अध्ययन गरेका सापकोटाले कात्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन् । युवा कुटनीतिज्ञ सापकोटाले चीनको रेनमिन विश्वविद्यालदययबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।

नेपाली कांग्रेसले भने आफ्नो कोटाबाट केही नयाँ अनुहार पठाउने सम्भावना रहेको छ । राष्ट्रिय योजना आयोगमा युवा पुस्ताका डा. विश्व पौडेललाई पठाएर सरकारको प्रशंसा पाएकोमा अहिले राजदूतमा पनि युवाबाट सक्षम र क्षमता भएका लाई मौका दिने सम्भावना बलियो देखिएको छ ।

राजदूत नियुक्तिका लागि गृहकार्य भइरहेको प्रधानमन्त्री कार्यालय श्रोतको भनाइ छ । गठबन्धनको सरकार भएकाले दलहरुले आफ्नो पार्टीबाट नाम सिफारिस गर्ने र त्यही आधारमा नयाँ राजदूत नियुक्त गरिने भएको हो ।

कांग्रेसले सुदूरपश्चिमको दुर्गम जिल्ला अछामलाई यसपटक स्थान दिने सम्भावना देखिएको छ । अछाममा जन्मिएका डा. जितु उपाध्यायलाई राजदूत बनाउन सक्ने आँकलन गरिएको छ ।

विभिन्न देशमा अध्ययन र अध्यापन गरेका डा.उपाध्याय पार्टी भित्र पनि निकै सक्रिय रहेका कारण उनलाई राजदूतमा पठाउन सक्ने बढी सम्भावना रहेको बुझिएको छ ।

रुस, बंगलादेश र दक्षिण कोरियामा अध्ययन गरेका डा.उपाध्याय पार्टी राजनीतिसँगै कुटनीतिक क्षेत्रमासमेत दख्खल राख्ने मान्छे भएका कारण उनको सम्भावना बढी रहेको कांग्रेस नेताहरुको बुझाइ छ ।

डा.उपाध्याय क्यानाडाको जनसम्पर्क समितिमा उपसभापति पदमा रहेर काम गरिरहेका छन् भने कांग्रेसको १३ औँ महाधिवेशनमा क्यानाडाबाट महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

नेविसंघको स्कुल इकाइबाट राजनीतिमा सक्रिय रहेका डा। उपाध्याय २०६२ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू सदस्य निर्वाचित भएर काम गरेका थिए । २०६२-६३ को जनआन्दोलनमा समेत अग्रपंक्तिमा रहेर काम गरेका उपाध्यायले कोरियामा समेत जनसम्पर्क समितिमा समेत काम गरेका थिए ।

सरकारी छात्रवृत्तिमा छनेट भइ अध्ययन गरेका डा.उपाध्यायले दक्षिण कोरियाबाट खाद्य प्रविधिमा विद्यावारिधि गरेका छन् । रुसमा खाद्य प्रविधिमा स्नातकोत्तर गरेका उपाध्यायले बंगलादेशबाट जनस्वास्थ्यमा समेत स्नातकोत्तर गरेका छन् ।

हाल क्यानाडामा रहेका डा. उपाध्याय विभिन्न देशमा गएर अनुसन्धान र ज्ञान प्रस्तुत गरिसकेका छन् । उनलाई सुदुरपक्षिमको मात्र नभइ देशकै निकै सम्भावना बोकेको र देशलाई केही गर्न सक्ने युवाको रुपमा हेरिएको छ । उनीसँग रुसी, हिन्दी, कोरियाली, अंग्रेजी र बंगाली भाषाको दख्खल रहेको छ ।

हाम्रा कुरा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved