टी–ट्वान्टी विश्वकपः न्युजिल्याण्डलाई जितेको पाकिस्तान बाहिरियो, हारेको अस्ट्रेलिया फाइनलमा

  • कार्तिक २६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अस्ट्रेलिया टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ । बिहीबार राति दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो ।

पाकिस्तानले दिएको १७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभरमा पाँच विकेट गुमाएर जित निकाल्यो । अस्ट्रेलियालाई जित दिलाउन डेविड वार्नरले सर्वाधिक ४९ रन बनाए । उनले ३० बलमा तीन छक्का र तीन चौका हाने । यसैगरी म्याथु वेडले अविजित ४१, मार्कस स्टोइनिक्सले ४० र मिचेल मार्सले २८ रनको योगदान दिए। पाकिस्तानका सदाव खान एक्लैले चार विकेट लिए। यस्तै शाहिन अफ्रिदीले एक विकेट हात पारे।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७५ रनको योगफल खडा गरेको थियो । पाकिस्तानका लागि मोहमद रिजवान र फाखर जामनले अर्धशतकीय पालि खेलेका थिए। विकेटकिपर ब्याट्सम्यान रिजवानले ५२ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ६७ रन बनाए ।

यसैगरी आक्रामक ब्याटिङ गरेका जामनले ५५ रन बनाए। उनले ३२ बलमा चार छक्का र तीन चौका हिर्काए। यस्तै कप्तान बाबर आजमले पनि ३९ रनको महत्वपूर्ण पालि खेले। उनले ३४ बलमा पाँच चौका हिर्काए। यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका आसिफ अलीले खाता खोल्न सकेनन् भने सोयब मल्लिक एक रनमा पेभेलियन फर्किएका थिए। अस्ट्रेलियाका मिचेल स्टार्कले दुई विकेट लिए। यसैगरी प्याट कुमिन्स र एडम जाम्पाले एक-एक विकेट हात पारे ।

पाकिस्तान समूह दुईको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने अस्ट्रेलियाले समूह एकमा दोस्रो स्थान हात पार्दै अन्तिम चारमा स्थान बनाएको हो । यसअघि बुधबार राति आबुधावीमा भएको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्डले फाइनलमा स्थान बनाइसकेको छ। न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको उपाधि भिडन्त आइतबार दुबईमै हुनेछ ।

न्युजिल्यान्ड टीट्वेन्टी विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो । यसअघि सन् २००७ र २०१६ मा न्युजिल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो। सन् २०१० को उपविजेता अस्ट्रेलियाले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । सन् २०१० को फाइनलमा अस्ट्रेलियालाई इङ्ल्यान्डले सात विकेटले पराजित गरेको थियो ।

सन् २००७ बाट सुरु भएको टीट्वेन्टी विश्वकपको यो सातौं संस्करण हो। पहिलो संस्करणको उपाधि भारतले उचालेको थियो भने अहिलेसम्मको सर्वाधिक सफल टोली वेस्ट इन्डिज हो । साविक विजेतासमेत रहेको वेस्ट इन्डिजले सन् २०१२ / २०१६ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved