ग्रीसमाथि स्पेनको कठिन जित, सिधै विश्वकपमा छानिन स्वीडेनलाई रोक्नैपर्ने दबाब

  • कार्तिक २६, २०७८
  • कालापानी मिडिया
alt

ककाठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको युरोपियन छनोटमा स्पेनले ग्रीसमाथि कठिन जित निकालेको छ । विश्व विजेता बनिसकेको स्पेनले ग्रीसको घरेलु मैदान एथेन्समा गएराति १/० गोलको कठिन जित निकालेको हो । यो गोल पनि पाब्लो सारावियाले २६औँ पेनाल्टीमार्फत गरेका थिए ।

ग्रीसका डिमिट्रिओस जियाननोउलिसले इनिगो मार्टिनेजलाई पेनाल्टी डी बक्सभित्र फउल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो ।

यो जितसँगै स्पेन विश्वकप खेल्न छानिने सम्भावना बढेको छ । अब छनोटको अन्तिम खेल उसले स्वीडेनसँग आइतबार खेल्ने छ, जुन खेलमा जित निकाल्न नसके बराबारी मात्रै खेले पनि स्पेन विश्वकपमा सिधै छनोट हुने छ ।

जितसँगै स्पेन ७ खेलबाट १६ अंक जोड्दै शीर्षस्थानमा चढेको छ । हारेको ग्रीस ९ अंकसहित तेस्रो स्थानमा छ । ७ खेलबाट १५ अंकका साथ दोस्रो स्थानमा स्वीडेन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved