राप्रपा प्रदेश १ अधिवेशन विश्वमोहनले किन छाडे अध्यक्ष पदको दावी ?

  • कार्तिक २८, २०७८
  • कालापानी मिडिया
alt

झापा । राप्रपाका प्रभावशाली नेता विश्वमोहन थापाले प्रदेश १ अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । प्रदेश १ अध्यक्ष पदको लागि भक्ती सिटौलालाई समर्थन गर्ने थापाले घोषणा गरेका हुन् ।

पुर्व पन्चहरुको सानो झुन्डमा अड्किएको राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वलाई हटाएर फराकिलो सोच लिएर अगाडी बढ्ने लक्ष्य सहित अध्यक्ष पदमा भक्ती सिटौलालाई सहयोग गर्ने नेता थापाले बताएका छन् ।

ुहामी अहिले निकैनै संवेदनशील घडीमा छौँ, पार्टीलाई पुर्व पन्चको हातबाट जनताको हातमा पुर्याउने अठोट सहितको अभियानमा छौुं, भक्ती जी जस्तो अब्ब्ल, साहसिक र निष्ठावान नेतालाई प्रदेश अध्यक्ष बनाउन पाउनु पार्टीको अहोभाग्य सम्झनु पर्छ, त्यही कारण मैले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको छु।, पर्दाफास डट कम संग कुरा गर्दै नेता थापाले भने ।

पार्टीमा लामो समय देखि संघर्षरत तमाम कार्यकर्ताले राप्रपाको सांगठनिक ढाचामा परिवर्तन हुनुपर्ने र नातावाद कृपावादको अन्त्य गर्दै एउटा अतुलनीय राजनीति शक्तिको रूपमा पार्टीलाई विकसित गराउदै लैजानु पर्ने कार्यकर्ता र शुभचिन्तकको भावना संग आफुहरु एक्यवद्ध रहेको नेता थापाको भनाई छ ।

राप्रपा सहि ट्र्याकमा हिड्न सकोस् भन्ने आकांक्षा पार्टी भित्र मात्र होईन पार्टी भन्दा बाहिर रहेको राजाबादीहरुको एउटा ठूलो समुहले समेत चाहेको र त्यसलाई अवसरकै रूपमा लिन सक्नुपर्ने थापाले बताएका छन् ।

rrr

पार्टीलाई संकुचित धरातलमा राख्न प्रयास गरेकै कारण क्षेत्रीय पार्टीको रूपमा खुम्चिनु परेको बाध्यात्मक परिस्थितिको उत्पादन नेतृत्व तह बाटै भएको भन्दै नेता थापाले जनताले सर्वाधिक रुचाएका र पार्टी प्रती अत्यन्तै बफादार नेता राजेन्द्रप्रसाद लिङ्देनलाई पार्टीको केन्द्रिय नेतृत्वमा पुर्याउनु आजको आवस्यकता रहेको उनको भनाइ छ ।

राजावादी संगठनहरुले समेत लिङ्देनलाई रुचाएको भन्दै नेता थापाले आगामी निर्वाचनमा एउटा बलियो पार्टीको रूपमा राप्रपालाई देख्न चाहेको र यो अवसर वर्तमान राजनीतिक परिस्थितिमा राजेन्द्र लिङ्देन बाहेक अरुबाट पूरा हुन सक्ने सम्भावना समेत नरहेको उनको भनाई छ ।

थापाको यो घोषणा संगै प्रदेश १ को अध्यक्ष पदमा दुई प्रभावशाली नेता राम थापा र भक्ती सिटौला चुनावी मैदानमा देखिने भएका छन् । प्रदेश अधिवेशन भोली कात्तिक २८ र २९ गते दमकमा सम्पन्न हुँदै छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved