इक्वेडरको जेलमा झडप, ६८ कैदीको मृत्यु

  • कार्तिक २८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । इक्‍वेडरको जेलमा भएको भिडन्तमा परी ६८ जना कैदीबन्दीको मृत्यु भएको छ। घटनामा कयौं घाइते भएका छन्।

गत सेप्टेम्बर यता मात्रै यस्तै भिडन्तमा परी १ सय जनाभन्दा बढी कैदीहरुको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन्।

शुक्रबार साँझमा ग्वायाकिल शहरको एक जेलमा बिरोधी ग्याङबीच दंगा भएको थियो। दंगा नियन्त्रणका लागि जेलभित्र पसेको प्रहरी टोलीले बन्दुक तथा विष्फोटक पदार्थ भेटिएको जनाएको छ।

यस वर्ष मात्रै इक्वेडरका विभिन्न जेलमा भएको झडपमा परी ३ सय जनाभन्दा बढी कैदी बन्दीको मृत्यु भएको छ। गत सेप्टेम्बर मा भएको भिडन्त इक्वेडरकै इतिहासमा सबैभन्दा खतरनाक रहेको थियो।

विभिन्न समूहका कैदीबन्दीले जेलभित्रै प्वाल पारेर एक आपसमा समन्वय गरी आक्रमण गरेका थिए। सो घटनामा सयौं जेल अधिकारी तथा सैनिक जवान समेत मारिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved