माले महासचिवमा सीपी मैनाली पुन:चयन

  • कार्तिक २९, २०७८
  • कालापानी मिडिया
alt

चितवन । नेकपा मालेको महासचिवमा पुनः सीपी मैनाली निर्वाचित भएका छन् । नारायणगढमा भएको पार्टीको आठौं महाधिवेशनले नयाँ नेतृत्वसहित केन्द्रीय समिति चयन गरेको हो । कुमार बेलवासेले मैनालीलाई महासचिवको रुपमा गरेको प्रस्तावलाई निर्वाचन कमिटी अध्यक्ष मण्डलले सर्वसम्मती निर्णय हो । मैनालीले लामो समयदेखि पार्टीको नेतृत्व सम्हाल्दै आएका छन् ।

३०३५ सालमा नेकपा मालेको स्थापना भएको थियो । त्यसबेला मैनाली नै महासचिव भएका थिए । २०४७ सालमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) र नेकपा मालेको एकीकरण भइ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बनेको थियो ।

नेकपा एमालेबाट फेरि छुट्टिएर माले भएको थियो । त्यसबेला बामदेव गौतम महासचिव भएका थिए। २०५८ सालमा गौतमसहितका नेताहरु फेरि एमालेमै फर्किएपछि मैनालीले पार्टीको नेतृत्व सम्महाल्दै आएका छन् ।

देशभरबाट ३५० जना प्रतिनिधिले भाग लिएको महाधिवेशनले बढीमा ८१ जना सदस्य रहने केन्द्रीय कार्यसमिति विस्तारको जिम्मा महासचिवलाई दिएको छ । निवर्तमान रहेका ५८ जना सदस्यलाई कायम राख्ने निर्णय गरेको छ ।

पुस महिनामा बस्ने दोस्रो केन्द्रीय समितिको बैठकले समिति विस्तार गरेर ८१ सदस्यीय केन्द्रीय समिति चयन गर्ने अनमति महासचिवलाई दिएको छ । उक्त बैठकबाट केन्द्रीय कार्यसमितिलाईको पदीय जिममेवारी बाँडफाँड हुने केन्द्रीय सदस्य दिननाथ घिमिरेले बताए। ‘ महाधिवेशनले हाम्रो कार्यनिति सहितको दस्तावेश पारित भएको छ,उनले भने, पुसको बैठकले पद विभाजन हुन्छ ।’

महाधिवेशनले संवैधानिक राष्ट्रप्रमुख र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको ब्यवस्थाको कार्यनीति पारित गरेको छ । बेलायती मोडेलको संसदीय व्यवस्था खारेज गरेर नेपाली लोकतान्त्रिक ढाँचाको संसदीय व्यवस्था राख्नुपर्ने माग गरेको छ।

प्रदेश हटाउने व्यवस्थापनको पक्षमा माले उभिएको छ । स्थानीय तह र जिल्लालाई अधिकार सम्पन्न बनाएर प्रदेश संरचना हटाउनुपर्ने निर्णय गरेको छ। मालेको महाधिवेशनले पुरानो निर्वाचन प्रमाणी खारेज गरेर समानुपातिक प्रमाणीबाट मात्रै संसद हुने व्यवस्थाको पक्षमा कार्यनीति पास गरेको छ ।

यस्तै भष्ट्राचार नियन्त्रण गरेर राज्यलाई शुद्धिकरणको एजेण्डा लागू गर्ने माग गरेको छ । संविधान संसोधन गरेर भएपनि वैकल्पिक शक्तिसहितको सानो आकारको सरकार हुनुपर्ने नीति पास गरेको छ।

संशोधन नगरे जनआन्दोलन गरेर भएपनि नयाँ संविधान बनाएर भएपनि परिवर्तन गनुपर्ने मालेको नीति छ। देशकै लागि कम्युनिस्ट आन्दोलनमै नयाँ कुरा ल्याएका छौं, महासचिव मैनालीले भने,‘ यसलाई कार्यान्वयन गरेर देशलाई अहिलेको भड्खालोबाट निकाल्न हामी सफलता हाँसिल गर्छौं।’

संसदले बजेट पारित, कानुन निमार्ण र सरकारको वाचडगको अधिकार मात्र दिनुपर्ने व्यवस्थाको पक्षमा पार्टीलाई उभ्याएको छ । धर्मनिरपेक्ष हटाएर धर्ममैत्री लागू गर्ने माग गरेको छ ।

महाधिवेशनको बन्द सत्रमा ६वटा विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । महाधिवेशनले सीपी मैनाले प्रस्तुत गरेका नेपाली क्रान्तिको कार्यक्रम, एपी आचार्यले पेश गरेको पार्टी संगठनको सिद्धान्त र प्रस्ताव, डम्बर श्रेष्ठले पेश गरेको पार्टी विधानलाई पारित गरेको छ।

त्यस्तै कुमार बेलवासेको पार्टीको तत्कालिन कार्यनीति र दिननाथ घिमिरेको संगठनात्मक प्रतिवेशन ससर्वसम्मतिबाट पारित भएको छ । महाविवेशन कार्तिक २७ गतेबाट नारायणी कला मन्दिरमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved