ए डिभिजन लिग - आज दुई खेल हुँदै

  • मंसिर ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत पहिलो चरणको अन्तिम दिन आज सोमबार दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी र पुलिसबीचको विभागीय डर्बी खेल दिउँसो १ बजे सुरु हुनेछ। दशरथ रंगशालामा आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेका छन्।

आर्मी साविक उपविजेता टिम समेत हो। आर्मी भरत खवासको कप्तानीमा मैदान उत्रनेछ। पुलिस राम बाजीको कप्तानीमा मैदान उत्रनेछ। यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ।

मछिन्द्र र एनआरटीबीचको खेल ४स्४५ बजे सुरु हुनेछ। उपाधि दाबेदार मछिन्द्र एनआरटीलाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ। सुजल श्रेष्ठको कप्तानी रहेको मछिन्द्र उपाधि रक्षाको योजनामा रहेको छ।

यस्तै अजित प्रजापतिको कप्तानीमा रहेको एनआरटी पनि विजयी सुरुआतको लक्ष्यमा रहेको छ। लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्ने छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved