अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा, धवलशमशेरको साथ

राप्रपा असफल भए देशको एजेण्डा नै असफल हुने दाबी

  • मंसिर ९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

उनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले भने, ‘नेतृत्व परिवर्तन हुनुपर्छ। हाम्रो पार्टीको नेता कार्यकर्ताको भावनालाई कदर गर्दै उम्मेदवारी घोषणा गरेको छु। मलाई विश्वास छ मेरो जित निश्चित छ।’

सबै पार्टी कार्यकर्ताहरूको नेतृत्व परिवर्तन नै आकांक्षा भएकाले ढुक्कसँग जित्ने उनको दाबी छ। अहिलेसम्म अध्यक्षमा अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा। प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाए।

उनले भने, ‘कांग्रेस, एमालेलाई असफल हुने सुविधा छ। कम्युनिष्टहरू आफू मात्रै असफल भएका छैनन्। मुलुकलाई नै असफल बनाएका छन्। अरु ठुला पार्टी असफल भएको बेलामा हामी सफल हुनुपर्छ। राप्रपा असफलताले देशको एजेण्डा नै असफल हुन्छ।’

राजसंस्था पुनःस्थापना, हिन्दु राज्य, संघीयता खारेजसम्मको अभियानलाई धोका हुने भएकाले पार्टीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ।

उनले भने, खासगरी यो अभियानको औपचारिक रुपले प्रारम्भ गर्नुअघि नेता धवल शमशेर राणाले मलाई प्रस्ताव गर्नुभएको छ, म यसलाई सहर्ष स्वीकार गर्दै, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नेतृत्व परिवर्तन हुनुपर्छ र नयाँ नेतृत्वबाटै पार्टी अगाडि जानुपर्छ भन्ने नेता, कार्यकर्ता र शुभेच्छुकहरुको समेत भावनालाई स्वीकार गर्दै उम्मेदवार बन्न तयार रहेको घोषणा गर्दछु।’

नेता लिङ्देनले राप्रपा खिइनु र दुब्लाउनुमा अहिलेको अवस्था भन्दा ठाउँ नरहेको भन्दै राप्रपाको ३१ वर्षको इतिहास असफलताको इतिहास भएको बताए। पार्टी एकीकरण भए पनि अध्यक्ष त्रयले पार्टीलाई नयाँ दिशा र ऊर्जा दिन नसकेकाले वर्तमान नेतृत्वबाट पार्टी अगाडि बढ्न नसक्ने बताए।

आगामी महाधिवेशन पार्टीका नेता कार्यकर्ताको अग्निपरीक्षा भएको उल्लेख गर्दै उनले पार्टीमा रहेको परम्परागत गुटको अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताए।

महाधिवेशन प्रतिनिधि साथीहरुलाई आव्हान गर्न चाहान्छु , राप्रपाका तमाम नेता, कार्यकर्ता साथीहरुका लागि अग्नि परीक्षा हो, उनले भने, हामी कुनै नेताको खल्तीको रुमाल हो कि हामी साच्चै राजसंस्था, हिन्दू राष्ट्रको पुर्नस्थापना चाहान्छौँ ? यो हाम्रो अग्नि परीक्षा हो। नेपाली राजनीतिमा पुस्तान्तरणको कुरा सबै पार्टी भित्र उठिरहेको भएपनि अब त्यसको नेतृत्व राप्रपाले सुरु गर्ने उनले बताए।

राप्रपाको महाधिवेशन मंसिर १५ गतेदेखि १७ गतेसम्म हुँदैछ।

260914046_895874941318065_7135277970930597621_n 259957512_226363039604855_3277524074491696199_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved