कांग्रेसमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउन दबाब

  • मंसिर २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्ष नेतालाई दबाब दिएका छन्।

बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरूको बैठकले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न दबाव दिएको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर पक्षका विभिन्न जिल्लाका सभापति र पार्टी केन्द्रीय सदस्यहरूसँग छलफल गर्दा नेता प्रकाशमान सिंह र शेखर कोइरालामध्ये एकजनालाई साझा उम्मेदवार दिन दबाब दिएको नेता अर्जुननरसिंह केसीले बताए।

उनले आफू अन्तिम निष्कर्षको बाटोतर्फ उन्मुख भएको बताउँदै आज बेलुकासम्म निर्णय गर्ने बताए। नेता केसीले संस्थापनइतर समूहबाट नेता सिंह र शेखर कोइराला मिलेर आए नेता पौडेल र महामन्त्री शशांक कोइरालाले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी समेत दिए।

नेता केसीले भने, ‘हामी करिब अन्तिम निष्कर्षको बाटोतिर उन्मुख छौँ। अहिले जितेका कमसेकम ३२ जना जिल्ला सभापतिसँग बसेर कुराकानी गर्दा विभिन्न सुझाव आएका छन्। ती सुझावलाई लिएर ३ बजे फेरि बैठक बस्छौँ। त्यसपछि बेलुकासम्म निर्णय गर्दछौँ।’

त्यस्तै नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले वरिष्ठ नेता पौडेल र शशांक कोइरालालाई साझा उम्मेदवार तोक्न दबाव दिएको बताए। उनले संस्थापन इतर समूह विचार र सिद्धान्तको समूह भएकाले बिपीको विचार र आदर्शमा रहेर अघि बढ्ने बताए। उनले संस्थापन इतर समूहले जितेमा कोमामा पुगेको नेपाली कांग्रेसलाई साविक अवस्थामा फर्काउने बताए।

नेता केसीले भने, ‘हामीले आफ्ना आफ्ना सुझाव दिएका छौँ। रामचन्द्र दाइ र शशांक दाइले प्रकाश दाइ र शेखर दाइ मिलेर आउनुहुन्छ भने उहाँहरू दुईजनामध्ये एउटालाई उम्मेदवार बन्नुस् भन्नुभएको छ। एउटा विधि बनाएर आज ३र४ बजेसम्म यो उम्मेदवार हो हाम्रो भनेर एउटा उम्मेदवार तोकेर पठाउनुस्, त्यो उम्मेदवारलाई युद्धस्तरमा लागेर जिताउनका लागि हामी लाग्छौँ। आज बेलुका ४ बजेसम्म नेताहरूबाट नै अन्तरिम छलफल गरेर टुंग्याउनुस् भन्ने हाम्रो सुझाव छ।’ संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउन बैठक दिउँसो ३ बजे पुनः बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved