मोरङको बूढीगङ्गा र विराटनगरमा दुर्घटना, दुई जनाको मृत्यु

  • मंसिर २४, २०७८
  • कालापानी मिडिया
alt

माेरङ । मोरङको बूढीगङ्गा गाउँपालिका र विराटनगर महानगरपालिकामा बिहीबार राति भएका अलगअलग दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । 

कोसी लोकमार्गअन्तर्गत बूढीगङ्गा–२ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भएर राति ८ बजेतिर दुर्घटनामा परेको छ । सडकको बीचमा रहेको डिभाइडरमा स्कुटर ठोक्किएर दुर्घटना हुँदा चालक मोरङको उर्लाबारी नगरपालिका–४ का २६ वर्षीय सुरज खनालको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए । 

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका खनालको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका खनालको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको जानकारी खड्काले दिए । उनका अनुसार तीव्र गतिका कारण स्कुटर दुर्घटनामा परेको पाइएको छ । 

त्यस्तै विराटनगर–११ रामपुरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको साइकललाई को २ त ७१३९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकल यात्री विराटनगर–११ का ३४ वर्षीय मुन्ना सहनीको मृत्यु भएको जानकारी प्रनि खड्काले दिए । 

उनका अनुसार ओभरटेक गर्ने क्रममा ट्याक्टरले साइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका सहनीको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको खड्काले बताए । 

ट्याक्टर र चालक विराटनगर–११ का मुकेश कामतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । कामतले लाइसेन्स प्राप्त नगरिकन ट्याक्टर चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved