नेपाली कांग्रेसमा नेतृत्वको विषयलाई लिएर नेताहरुबीच रस्साकस्सी

संस्थापन पक्षमा देउवा पुनः दोहोरिने निश्चित भएपनि, इतर पक्षमा भने एकल उमेद्वार तयार गर्न सकस

  • मंसिर २४, २०७८
  • कालापानी मिडिया
alt


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा भइरहेको छ । तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी करिब चार हजार तीन सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । कांग्रेस विधान अनुसार एक जना सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ । त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन गरिने छ । यो संगै कांग्रेसको बन्दसत्र र निर्वाचन प्रक्रिया आजैबाट सुरु हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन शुक्रबार बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ बजेदेखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मंसिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । मतदान भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा हुनेछ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् । उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ ।

यो संगै, कांग्रेसमा अब कस्तो नेतृत्व आउला भन्ने चासो बढेकोे छ, तर कांग्रेसभित्र भने उम्मेदवारको टुंगो अझै लाग्न सकेको छैन । संस्थापन समूहबाट शेरबहादुर देउवा सभापतिको उम्मेदवार हुने भए पनि पदाधिकारी अझै टुंगो लाग्न सकेको छैन । संस्थापनइतर समूहमा हेर्ने हो भने त्यहा पनि रस्साकस्सी कायमै छ । संस्थापनइतर समूहमा सहमति नजुटेपछि वरिष्ठ नेता रामचन्द पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइराला अन्ततः आ आफ्नै समुह सहित उमेदवारी दिने तयारीमा जेटेका छन् । दस महिना अगाडी सभापतिको उमेदवारी घोषणा गरेका कांग्रेस नेता कल्याण गुरुङ भने यतिवेला गुमनाम जस्तै छन् । लामो समयसम्म देउवालाई साथ दिएका बिमलेन्द्र निधि समेत आफ्नै समुह बनाएर अगाडी बढेका छन् ।

अर्का नेता गोपालमान श्रेष्ठ अझैपनि देउवाले भाग देलान र खाउला भनेर पर्खि बसेका छन् । उता तेहै महाधिवेशनमा प्यानल सहित चुनावी मैदानमा होमीएका कृष्ण सिटौला भने आफ्ना समुहका नेता व्यवस्थापन गर्ने दोडमा छन् । प्रदेश समिकरण हेर्दा उनले वर्तमान भापति देउवालाई नै साथ दिने सहजै आंकलन गर्न सकिन्छ । त्यसैगरि गिर्जा पुत्रि सुजाता कोइराला गुटले कांग्रेस कमजोर भएको वकालत गर्दै आएको भएपनि पार्टीमा महिलालाई स्थापित गर्न भने कमजोर देखिएकी छिन् ।

उता राप्रपाबाट कांग्रेसमा विलय भएको सुनिल कुमार थापाको समुह र नेपाल लोकतान्त्रिक फोरबाट कांग्रस प्रवेश गरेका विजयकुमार गच्छेदार समुह भने देउवाकै ढोका कुरेर बसेका छन् । समग्र हेर्दा १३ औ महाधिवेशनबाट गुटको अन्त्य गर्ने कसम खाएका नेताहरु १४ औ महाधिवेशन सम्म आइपुग्दा झनै गुटलाई प्रसय दिइरहेकाछन् । आफुलाई प्रजातन्त्रको हिमायत ठान्ने कांग्रेसभित्र आन्तरिक प्रतिस्प्रर्धा हुनु स्वभावक हो । तर अस्वस्थ प्रतिस्प्रर्धाले विपिको सिद्धन्त र बिचारको आडमा टिकेको कांग्रेस र वर्तमान राजनितिक परवेशमा आफ्नै देशको निर्णक शक्ति भएको र कम्न्युष्ठिलाई जनताले हेरिसकेको भन्दै आफु आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने भनेर दावा गर्न छोडेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved