नेपालगन्ज / बाँकेको डुडुवा गाउँपालिका २ स्थित जफरपुरुवाबाट १ लाख मूल्य बराबरको अवैध सालकाे काठ नेपाल प्रहरी, सशस्त्र प्रहरी, झोरा सामुदायिक वन उपभोक्ता समिति र वन कर्मचारीहरुको टोलिले बरामद गरेको छ।
नेपाल प्रहरी, शशस्त्र प्रहरी, झोरा सामुदायिक वन पदाधिकारी र डिभिजन वन कार्यालय बाँकेको सयुक्त टोलीले डुडुवा गाउँपालिका २ जफरपुरुवा बस्ने कमाल खाँको घरबाट ३१.६७ क्वी फिट अवैध रुपमा काटी ल्याई लुकाई राखिएको सालकाे काठ नियन्त्रणमा लिएको जनाएको छ ।
टोलिले स्थानीय व्यक्तिहरूको रोहवरमा अवैध काठ बरामद गरेको हो । अवैध रूपमा सालकाे काठ घरमा लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाको आधारमा सो टोलिले अपरेसन सुरु गर्ने क्रममा सालकाे काठ बरामत गरेकाे जिल्ला बन डिबिजन कार्यालय प्रमुख दधिलाल कँडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved