कोरियाले सन् २०२२ मा नेपालीसहित ६६ हजार कामदार लैजाने

  • मंसिर २५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं / दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत सन् २०२२ मा ६६ हजार विदेशी कामदार लैजाने भएको छ । शुक्रबार बसेको विदेशी कामदार कोटा निर्धारण समितिको बैठकले आगामी वर्षका लागि यो कोटा निर्धारण गरेको हो ।

कोरियाले नेपालसहित पाकिस्तान, श्रीलङ्का, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकस्थान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार लैजाने गर्छ । सन् २०२२ को लागि उत्पादनमूलक क्षेत्रमा ४३ हजार, कृषि तथा पशुपालन क्षेत्रमा ९,९३० जना विदेशी कामदार कोरिया आउन पाउने छन् ।

माछापालन क्षेत्रमा ४,६४० जना तथा निर्माण क्षेत्रमा ३,९७० जना विदेशी कामदार कोरिया जान पाउने छन् । त्यस्तै सेवा क्षेत्रमा २६० जना विदेशी कामदार भित्र्याउने निणर्य गरेको छ ।

उक्त कोटामध्ये कोरियाली भाषा पास गरेर बसेका नयाँ कामदारको रुपमा ४२ हजार ५३० जना र २३ हजार ४७० कमिटेड (प्रतिबद्ध कामदार) कामदारको रुपमा कोरिया आउन पाउने छन् । यस्तै एक वर्ष कुनै कम्पनीमा निरन्तर काम गरे कम्पनीले चाहेमा कमिटेड कामदारको रुपमा डाक्नसक्ने नियम रहेको छ । नेपालबाट कोरोना महामरीभन्दा पहिले बर्षेनी ५ हजारभन्दा बढी कामदार कोरिया आउने गरेका थिए ।

कृषि र उत्पादनमुलक क्षेत्रमा मात्रै आउने भए पनि नेपाली कामदारको संख्या उल्लेखनीय रहँदै आएको छ । महामरीका कारण लामो समयदेखि रोकिएको नयाँ तथा कमिटेड कामदार ल्याउने कार्य अहिले सुचारु भइरहे पनि यो वर्ष सीमित मात्र कामदार कोरिया आएका छन् ।
यो वर्ष ५२ हजार कामदार कोरिया ल्याउने योजना भए पनि कोरोना महामरीका कारण सम्भव नभएकोले सन् २०२२ का लागि विदेशी कामदारको कोटा बढाएर ६६ हजार पुर्‍याएको हो । गत वर्ष पनि ५६ हजार कोटा निर्धारण गरिएकोमा ३० हजार कामदार मात्रै कोरिया आएका थिए ।

यस्तै तत्कालको लागि कामदारको अभाव नहोस् भनेर जनवरी १ देखि अप्रिल १२ तारिखसम्म भिसा अवधि सकिन लागेका विदेशी कामदारहरूलाई थप एक वर्ष बस्न दिने निणर्य गरेको कोरियाली श्रम मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved