मलद्वारमा लुकाएर सुन ल्याउने २ भारतीय पक्राउ

  • मंसिर २७, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डाै । मलद्वारमा सुन लुकाएर ल्याउने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले दुबईदेखि मलद्वारमा लुकाएर सुन ल्याउने दुई भारतीयलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय सद्दाम हुसेन सेगु अबुबैकर र ३५ वर्षीय कादर इब्राहिम रहेका छन् ।पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय सद्दाम हुसेन सेगु अबुबैकर र ३५ वर्षीय कादर इब्राहिम रहेको प्रहरीले जनाएको छ।

मलद्वारमा कालो रंगको चिल्लो रबर जस्तो देखिने पदार्थले बरेको अवस्थामा ५ थान अर्ध ठोस सुन फेला परेको प्रहरीले जनाएको छ । सद्दामसँगको सोधपुछको क्रममा उक्त सुन तस्करीमा कादर पनि संलग्न रहेको बताएपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मंसिर २३ गते नेपाल एयरलाइन्सको उडान नम्बर आरए२३० मार्फत दुबईबाट काठमाडौं आएका सद्दामको शंकास्पद गतिविधि देखिएपछि नियन्त्रणमा लिइएको थियो। त्यसपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगेर जाँच गर्दा मलद्वारमा सुन फेला परेको हो।सुनसहित दुबै जनालाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved