दमक / झापाको दमक नगरपालिका ५ स्थित दिपेश भट्टराईको खाली घर कोठामा तास खेलिरहेको अबस्थामा ६ जनालाई नगद सहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा इलाम चुलाचुली गाँउपालिका ५ का ३९ वर्षीय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका १ का ४२ वर्षीय बबिन सुब्बा, दकम नगरपालिका ५ का ५८ वर्षीय लक्ष्मी ढकाल, दमक ५ की ३४ बर्षीया कमला राई, दमक ५ की ४० बर्षीया बिमला तामाङ र कमल गाँउपालिका ३ का ५१ वर्षीय राजकुमार खड्का रहेका छन् ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तास खेलिरहेकै अबस्थामा नगद ४० हजार र तीन बुङ तास सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved