रोमाञ्चक च्याम्पियन्स लिग : १५ टिमको छिनोफानो, एउटा टोलीको टुङ्गो लाग्न बाँकी

  • मंसिर २७, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने १५ टिमको टुङ्गो लागेको छ । १६ मध्ये १५ टिमको टुङ्गो लागेको छ भने एउटा टोलीको टुङ्गो लाग्न बाँकी छ । अब, स्पेनिस क्लब भिल्लारियल र इटालियन क्लब अटलान्टाबीचको खेलपछि १६ वटै टिमको टुङ्गो लाग्ने छ । 

हालसम्म इङ्ग्ल्यान्डका चार, स्पेन, इटाली र पोर्चुगल, फ्रान्सका दुई–दुई र नेदरल्यान्ड्स, अस्ट्रिया, जर्मनको एक–एक गरी १५ टोलीको टुङ्गो लागेको छ । 

साविक विजेता चेल्सी समूह ‘एच’को उपविजेताका रूपमा नकआउट चरण गरेको छ भने उपविजेता म्यानचेस्टर सिटी समूह ‘ए’को विजेताका रूपमा अन्तिम १६ मा पुगेको छ । समूह ‘ए’ बाट उपविजेताका रूपमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन प्रि–क्वार्टरफाइनल पुगेको छ । यस समूहबाट आरबी लेइपजिग र क्लब ब्रग बाहिरिए ।

यस्तै, ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘बी’को विजेताको रूपमा लिभरपुल तथा उपविजेताका रूपमा एथ्लेटिको मड्रिड पुगेको छ । लिभरपुल शतप्रशित जितसहित अघिल्लो चरणमा पुग्दा यस समूहबाट पोर्चुगलको पोर्टो र इटालियन एसी मिलान बाहिरिए । 

समूह ‘सी’बाट डच क्लब आयाक्स आफ्नो विजयी यात्रा कायमै राखेर अघिल्लो चरण पुग्न सफल भयो भने उपविजेताका रूपमा स्पोर्टिङ सिपी अन्तिम १६ मा पुग्यो । बोरुसिया डर्टमुन्ड र बेसिक्टस भने समूह चरणबाट आउट भए । 

रियल मड्रिड समूह ‘डी’को विजेता बन्दै नकआउट चरण प्रवेश गर्दा इटलियन च्याम्पियन इन्टर मिलान उपविजेताका रूपमा अघिल्लो चरण पुग्यो । यस समूहका शेरिफ र शक्तर डोनेस्क अघिल्लो चरण पुग्न असफल भए । 

जर्मन च्याम्पियन बायर्न म्युनिख समूह ‘ई’को विजेताका रूपमा अघिल्लो चरण पुग्यो । बायर्न यसपटक अन्तिम १६ पुग्ने एकमात्र जर्मन क्लब बन्यो । पोर्चुगलको बेन्फिकाले उपविजेताका रूपमा नकआउट चरणको टिकट काट्दा बार्सिलोना र डायनामो किभको यात्रा समूह चरणमै सीमित रह्यो ।

समूह ‘एफ’बाट म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा प्रवेश गरेको छ । अब, भिल्लारियल र अटलान्टा उपविजेताका रूपमा अघिल्लो चरण पुग्न प्रतिस्पर्धा गरिरहेका छन् । यस समूहबाट योङ्ग ब्वाइज बाहिरिसकेको छ । 

फ्रान्सेली च्याम्पियन लिलेले समूह ‘जी’को विजेताको रूपमा अन्तिम १६ मा स्थान बनाउँदा उपविजेताका रूपमा अस्ट्रियन क्लब आरबी साल्जबर्ग अघिल्लो चरणमा पुग्यो । यस समूहबाट सेभिल्ला र वुल्फसबर्ग आउट भए । 

समूह ‘एच’बाट युभेन्टस विजेता बन्दै अघिल्लो चरणमा पुग्दा साविक विजेता चेल्सी उपविजेता बन्यो । जेनित र माल्मो भने समूह चरणबाटै आउट भए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved