चाडपर्वका बेला सडक दुर्घटनाको जोखिम बढ्दो, दुर्घटना न्युनिकरण गर्न सचेतनाका कार्यक्रम आयोजना गर्ने प्रहरीको भनाइ

  • असोज १३, २०७६
  • कालापानी मिडिया
alt

Patan accident
डडेल्धुरा
आशिष मल्ल ।
चाडपर्व नजिकीए सँगै सडक दुर्घटनाको जोखिम बढ्ने गरेको छ । अझ सुदू्रका पहाडी जिल्लामा त दुर्घटनाका कारण वर्षेनि ठुलै मानविय तथा भौतिक क्षती हुने गरेको सुदूरपश्चिम प्रदेश प्रहरीको भनाइ छ ।

चाडपर्व नजिकीदै गर्दा शनिबार मात्रै महेन्द्रनगरबाट मेलौलीका लागी छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन–६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा परी २१ जना घाइते भए । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सडकमा रहेका खाल्डा खुल्डीका कारण छेउबाट चलाउन खोज्दा बस दुर्घटनामा परेको हो । विगतका वर्षमा पनि चाडपर्वका बेला यस्तै सवारी दुर्घटना हुने गरेका थिए । बढ्दो यात्रुको चाप, क्षमताभन्दा बढी मालसमान ओसार्नु, साघँुरो तथा गुणस्तरहिन सडक र चालक तथा सवारी धनीको लापरवाहीका कारण यस्ता दुर्घटना निम्तीने गर्दछन ।

यस्ता दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी तथा सुरक्षा निकायले विभिन्न कार्यक्रम समेत सन्चालन गर्ने गर्दछन । यो पटक पनि चाडपर्वका बेला जिल्ला ट्राफिक कार्यालयले दुर्घटना न्युनिकरण गर्न विभिन्न सचेतना मुलक कार्यक्रम आयोजना गरेको छ ।

खासगरी दशैँ, तिहारको समयमा यात्रुहरुबाट बढी भाडा लिने, यात्रुहरुको समानहरु हराउने, सवारी साधनमा बढी यात्रु राख्ने, माद्यक पदार्थ सेवन गरी सवारी साधन चलाउने, आक्षरण सिट अनुसार यात्रुहरुलाई नबसाउने जस्ता समस्या आउने गर्दछन । यस्ता समस्यालाई निराकरण गर्ने उदेश्यले आइतबार मात्रै डडेल्धुरा बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
सवारी दुर्घटना रोक्नका लागि सम्बद्ध पक्षले विभिन्न किसिमका चेतनामुलक कार्यक्रमहरु ग्रिरहने तर सार्वजनिक यातायातसंग सम्बद्ध व्यवसायी, सवारी चालक तथा यात्रा गर्ने यात्रुहरु सचेत नबन्दा यस्ता दुर्घटनाका जोखिम निम्तिने हुँदा सबै सचेत हुन आवश्यक छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved