महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने एक व्यक्ति पक्राउ

  • मंसिर २९, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डाै। नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले वैदेशिक रोजगारको क्रममा दुबइमा एउटै कम्पनीमा काम गर्ने महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर ब्याल्कमेल गर्ने भारत उत्तर प्रदेशका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर आफन्तलाई पठाइदिने धम्की दिई महिलाको आफन्तलाई पठाइदिने सालीमलाई काठमाडौँको कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

“पक्राउ सालीमले पीडित महिलाको नामबाट नक्कली फेसबुक आइडीसमेत बनाएको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका उनलाई विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गत मुद्दा दायर गरी सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved