इलाममा बोलेरो दुर्घटना हुँदा दुईको मृत्य, सात घाइते

  • मंसिर २९, २०७८
  • कालापानी मिडिया
alt

इलाम । मेची राजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका–हर्कटे बजार नजिकैको सुकेपोखरीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मे १ ज ३३०७ नम्बरको बुलेरो जीप सडकबाट तल खस्का इलामको माइजोगमाई गाउँपालिका–४ का ७६ वर्षीय रामप्रसाद तिम्सिना र सोही ठाउँका ४० वर्षीय भरत घिमिरेको मृत्यु भएको हो । दुर्घटनामा परि घाइते भएका दुवैको उपचारको क्रममा झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।

दुर्घटनामा परि अन्य सात घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको समेत बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रोङ गाउँपालिकाको कुटिडाँडाबाट इलाम आउँदै गरेको मे१ज ३३०७ नम्बरको बुलेरो जीप सडकबाट करिव सय मिटर तल झर्दा दुर्घटना भएको हो । सवारी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved