हरेक २५ मिनेटमा एक भारतीय गृहिणीले गर्छन् आत्महत्या

  • पुस १, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी ।  अहिले प्रायः सबै देशमा आत्महत्याले विकराल रुप लिएको छ । त्यसमा पनि महिला आत्महत्या बढ्दो छ । बलत्कार, घरेलु हिंसा, दमन र उत्पिडनका कारण महिलाहरुको आत्महत्या दर बढ्दो छ । भारतमा यो दर झनै बढ्दो छ ।भारतमा गत वर्ष मात्र २२ हजार ३ सय ७२ गृहणीले आत्महत्या गरेको सरकारको राष्ट्रिय अपराध रेकर्ड व्युरो (एनसीआरबी) ले जनाएको छ ।

यसको अर्थ औषतमा हरेक दिन ६१ जना र प्रत्येक २५ मिनेटमा एक जनाले आत्महत्या गर्छन् । सन् २०२० मा रेकर्ड भएका १ लाख ५३ हजार ५२ आत्महत्यामध्ये १४ दशमलब ६ प्रतिशत गृहणी छन् । गत वर्ष मात्र अपवाद थिएन् ।

सन् १९९७ मा एनसीआरबीले तथ्यांक संकलन गरेदेखि नै हरेक वर्ष २० हजारभन्दा बढी महिलाले आत्महत्या गरेका छन् । सन् २००९ मा सो संख्या २५ हजार ९२ पुगेको थियो । पारिवारिक समस्या वा विवाहसँग सम्बन्धित झगडाले उनीहरुले आत्महत्या गरेको विभिन्न प्रतिवेदनले दर्शाउँदै आएका छन् । तर, के कारणले ती हजारौं महिलाले जीवन त्याग्छन् ?

मानसिक स्वास्थ्य विज्ञहरुका अनुसार आत्महत्याको मुख्य कारण घरेलु हिंसा हो । हालै गरिएको एक सर्वेक्षणमा ३० प्रतिशत महिलाले श्रीमानबाट हिंसा सामना गर्नु परेको बताएका छन् ।

महिलाका दैनिक घरमा गर्ने कडा श्रमले वैवाहिक जीवनलाई उकुसमुकुस बनाएको र त्यसले हिंसा जन्माएको सर्वेक्षणमा जनाइएको छ । ‘महिलाहरु वास्तवमै सहनशील हुन्छन्, तर सहनुको पनि सीमा हुन्छ,’ उत्तरी सहर बनारसकी मनोविद् डा. उषा वर्मा श्रीवास्तव बताउँछिन् ।

उनी अगाडि भन्छिन्, ‘१८ वर्ष पुग्ने वित्तिकै अधिकांश युवतीले विवाह गर्छन् । उनीहरु कसैको श्रीमती र वुहारी बन्छन् र आफ्नो सम्पूर्ण दिन खाना पकाउँदै र घरको सफा गर्दा बित्दछ । उनमा हरेक प्रकारका प्रतिबन्ध लगाइन्छ । उनको थोरै स्वतन्त्रता हुन्छ । उनलाई पैसामा सायदै पहुँच हुन्छ । ’

श्रीवास्तव भन्छिन्, ‘विवाहपछि महिलाकाे शिक्षा र सपनाको कुनै अर्थ रहन्न । उनका महत्वकांक्षा विस्तारै ओइलाउन थाल्छन् । निराशा र पीडाले उनको अनुहार ढाक्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved