उल्टियो परिपत्र, स्थानीय तहमार्फत उपभोक्ता समितिले काम गर्न पाउने

  • पुस ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दर्ता भएका उपभोक्ता समितिमार्फत मात्रै काम गराउन  भन्दै गरेको परिपत्रलाई उल्ट्याएको छ । शुक्रबार एक निर्णय गर्दै मन्त्रालयले उपभोक्ता समितिमार्फत कार्यसम्पादन नियमित राख्न निर्देशन दिएको छ ।

मन्त्रालयको परिपत्रपछि स्थानीय तहहरु त्यसको विरुद्धमा उत्रिएका थिए । गाउँपालिका महासंघ र नगरपालिका महासंघले विज्ञप्ति नै जारी गरेर परिपत्रको निर्देशन उल्ट्याएर उपभोक्ता समितिमार्फत काम गर्न दिन माग गरेका थिए ।

सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४४ र सार्वजनिक खरिद नियमावलीको नियम ९७ को उपनियम १ देखि १५ सम्म उपभोक्ता समिति वा लाभग्राही समुदायबाट काम गराउने सम्बन्धी ब्यबस्था रहेको स्मरण गराएको छ ।

‘उपभोक्ता समिति परिचालन सम्बन्धमा प्रचलित कानूनमा भएको व्यवस्था तथा स्थानीय तहको व्यवहारिक पक्ष समेतलाई ध्यानमा राखी उपयुक्त व्यबस्था सहितको सुझाव प्रतिबेदन तयार गरी पेश गर्न यस मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन भएको छ,’ मन्त्रालयको परिपत्रमा भनिएको छ ।

कार्यदलले आफ्नो सुझाब सहितको प्रतिवेदन पेश गरी मन्त्रालयबाट अन्य व्यवस्था नभएसम्मको लागि सबै स्थानीय तहले प्रचलित कानून बमोजिम उपभोक्ता समितिमार्फत कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved