धनकुटा : धनकुटाको पाख्रिबास नगरपालिका ५ जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकलाई कोभिड १९ संक्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ।विद्यालयमा कार्यरत शिक्षकलाई कोरोना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेको विद्यालयले जनाएको छ।
विद्यालयमा कार्यरत ति शिक्षकको कोभिड १९ परिक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताएका छन् ।
पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेसनमा छन् । विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड संक्रमणको आशंका गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताएका छन् ।
१० पुसपछि संक्रमित शिक्षकको अवस्था,अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुन बैठक बसेर निर्णय गर्ने रिमालले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved