अनावरण गर्न राखिएको लोककवि गणेशलाल श्रेष्ठको शालिक रातारात गायब

  • पुस ४, २०७८
  • कालापानी मिडिया
alt

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाबाट अनावरण गर्न तयारी अवस्थामा रहेको लोककवि गणेशलाल श्रेष्ठको अर्धकदको शालिक चोरी भएको छ। आइतवार अनावरण गर्ने तयारी गरिएको श्रेष्ठको शालिक शनिवार राति नै चोरी भएको हो।

विसं १९६८ मा भीमफेदीस्थित पारी बजारमा जन्मेका श्रेष्ठले ‘दुई थुंगाको फूल’, ‘मेरो पुष्पाञ्जली’ लगायत नेवारी भाषामा गीत लेखेका थिए। श्रेष्ठको भीमफेदी गाउँपालिका-६ स्थित ज्योति पुस्तकालय परिसरमा स्थापना गरिएको उक्त शालिक अनावरण गर्न आइतवार परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलगायत साहित्यकारको टोली भीमफेदी पुगेका थिए।

तर, उनीहरू त्यहाँ पुग्दा शालिक राखिएको ठाउँबाट रड नै दोबारेर शालिक चोरी भएको पाइएको छ। शालिक चोरी भएको जानकारी पाएपछि खोजीकार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

भीमफेदी गाउँपालिकाको लगानीमा फोहोरा पार्क र ज्योति पुस्तकालय परिसरमा करिब पाँच लाख लागतमा शालिक स्थापना गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए। लामाले श्रष्टाको सम्मान स्वरूप स्थापना गर्न लागिएको कार्यमा अवरोध पुर्‍याउने जो कोही भएपनि कारबाहीको दायरामा ल्याउने बताए। श्रेष्ठको २०४२ सालमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved