मोरङको रतुवामाईमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु, रातभर सडकमा शव राखेर आन्दोलन

  • पुस ५, २०७८
  • कालापानी मिडिया
alt

मोरङ / मोरङको रतुवामाई नगरपालिका–४ स्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट आइतबार साँझ साइकल यात्रीको मृत्यु भएको छ । 

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ५११० नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा साइकल यात्री रतुवामाई–४ का ५७ वर्षीय हरिराम गिरीको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । 

उनका अनुसार साँझ ५ बजेतिर भएको दुर्घटनामा परेर गिरीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले तोडफोड गरेर टिपरमा क्षति पुर्याइदिएका छन् । आक्रोसित भीडले चालक रतुवामाई–९ का ४१ वर्षीय मिलन खड्कामाथि पनि कुटपिट गरेका छन् । 

कुटपिटबाट घाइते भएका चालक खड्काको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । आँखा, अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि आफन्त र स्थानीय बासिन्दाले मृतकको शव बुझ्न अस्वीकार गरेको रतुवामाई–४ का वडाध्यक्ष देवराज राजवंशीले बताए । उनका अनुसार दुर्घटनाको विरोधमा उत्रिएका स्थानीय, आफन्त र परिवारका सदस्यले मृतकको शव बुझ्न अस्वीकार गरिरहेका छन् । 

टिपरको लापरबाहीका कारण दुर्घटना भएको भन्दै घटनास्थलमै शव छाडेर स्थानीय आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले दुर्घटना गराउने चालकमाथि कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेको वडाध्यक्ष राजवंशीले बताए । 

दुर्घटनाका प्रत्यक्षदर्शीले ठक्करबाट सडकमा लडेर घाइतेपछि पुनः टिपर ब्याक गरेर किच्दा गिरीको मृत्यु भएको बताउँदै आएका छन् । दुर्घटना गराउने चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि साथमा नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार साँघुरो सडकमा टिपरले साइकललाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको पाइएको छ । 

मृतकका नाति सुमन गिरीले आफ्नै साइडबाट गइरहेका बेला टिपरले साइकललाई ठक्कर दिएको बताए । ‘सुरुमा टिपरले ठक्कर दिएपछि हजुरबुवा लड्नु भयो । त्यसपछि टिपर ब्याक गरेर चालकले लडेकै ठाउँमा टाउकोमा चढाइदिँदा उहाँको मृत्यु भयो,’ उनले भने, ‘जानाजान टिपरले मान्छे मारेको छ । हामीले घरका अभिभावक गुमायौँ ।’

सुमनले दुर्घटना गराउने चालकलाई कानुन अनुसार कारबाही हुनपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर शव नउठाइएको बताए । भने, ‘जानिजानि दुर्घटना गराएर मान्छे मारिएको छ । माग पूरा नभएसम्म हामी शव उठाउन दिँदैनौं ।’ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved