कांग्रेसको खुला महिलामा पनि देउवा पक्ष नै अगाडि, तेश्रोमा आरजु

  • पुस ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डाै । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। ९ जना निर्वाचित हुने यो समूहमा डिला संग्रौलाले अग्रता लिएकी छन्। १३ सय ६४ मत गणना हुँदा संग्रौलाले ८२५ र पुष्पा भुसालले ८०२ मत ल्याएका छन्। 

प्रधानमन्त्री पत्नी आरजु राणाले पनि ७०२ मत ल्याउँदै तेस्रो स्थानमा छिन्। शीर्ष ९ मा देउवा पक्षका ७ र डा. शेखर कोइराला पक्षका २ जना छन्। 

हालसम्म अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईंको ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत छ। 

यस्तोमा सरिता र अनिता मात्रै कोइराला पक्षका हुन्। यसअघि खुलातर्फ ३५ केन्द्रीय सदस्यको मतगणना सकिएको छ। जहाँ देउवा पक्ष नै हाबी भएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved