काठमाडौं । इंग्लिस क्लब टोटेनहम हटस्पर युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ। कोभिड-१९ का कारण समूह चरणको अन्तिम खेल खेल्न नसकेकोमा युरोपियन फुटबलको सर्वोच्च निकाय ९युइएफए० ले ३(० को हारको नतिजा सुम्पने निर्णय गरेसँगै टोटेनहम लिगबाटै बाहिरिएको हो ।
युइएफएले कन्फ्रेन्स लिगको प्ले अफको ‘ड्र’ सार्वजनिक भइसकेको र यो खेलको लागि कुनै समय उपलब्ध नरहेकाले खेल नै रद्द गरिएको बताए ।
कोरोनाका कारण ९ डिसेम्वरमा रेनेससँग हुनुपर्ने खेल स्थगित भएको थियो । उक्त खेल टोटेनहमका खेलाडीमा कोरोना संक्रमण देखिएका कारण यूईएफएले नै स्थगित गरेको थियो ।
लिग चरणको अन्तिम खेल खेल्न फ्रान्सेली क्लब रेनेस लन्डन पुगेको थियो । खेल हुनुभन्दा एक रात अघि मात्रै रेनेसलाई खेल स्थगित भएको जानकारी दिएको थियो । टोटेनहमले रेनेस राजि भएको अवस्थामा फ्रान्समै गएर खेल्ने बताएपनि फ्रान्सेली क्लबला इच्छा व्यक्त गरेन ।
युइएफएले प्रतियोगिता नियमावलीको जे ३।१ को नियमअनुसार रेनेसलाई ३–० को जितसहित ३ अंक दिलाएको छ । युइएफएको यो निर्णयले रेनेस समूह ‘जी’ मा ११ अंक जोडेर समूह विजेता बन्यो । भिटेस १० अंक जोडेर दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुग्न सफल भएको छ । टोटेनहम ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
यो नतिजाले भिटेसेले अब अर्को चरण प्रवेशका लागि र्यापिड वेनसँग १७ र २४ फेब्रुअरीमा खेल्नेछ ।
– एजेन्सी
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved