ओछ्यानमा पिसाब नफेरोस् भनेर वार्डेनले छात्रको लिंग बाँध्ने गरेको खुलासा, छात्रालाई चाहिँ यस्तो यातना

  • पुस ६, २०७८
  • कालापानी मिडिया
alt

पाेखरा । विद्यार्थीको हेर बिचार गर्न होस्टलमा वार्डेन राखिन्छ। उसको काम नै विद्यार्थीको खानपान, रहनसहन र पढाईबारे ख्याल राख्नु हो। उसो त वार्डेनलाई शिक्षककै रुपमा पनि हेरिन्छ। शिक्षक भनेको गुरु। अर्थात शिक्षाको उज्यालो छर्ने। गुरुलाई भगवानकै रुपमा हेरिन्छ। तर पोखराका एक वार्डेनले विद्यार्थीको हेरचाह गर्नुको सट्टा उल्टै यातना दिएकी घटना बाहिरिएकाे छ । 

पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वरचोकमा रहेको न्यू–लाईफ स्कुलमा आश्रित डोल्पाका ५ वर्षिय नाबालक रेमन बुढालाई होस्टल वार्डेन जानुका नेपालीले यातना दिएकी हुन्। उनले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर रेमनको पिसाब गर्ने ठाउँ (लिङ्ग) लाई रबरले बाँधि दिएर यातना दिएकी छन्। रेमन मात्र होईन होस्टलमा बस्ने अधिकांशलाई उनले यसरी नै यातना दिने गरेको पीडित विद्यार्थीहरु बताउँछन्।

बुबा नभएका र आर्थिक अवस्था कमजोर भएर आमाले पालनपोषण गर्न नसकेपछि रेमन केहि समय अगाडिदेखि उक्त होस्टलमा बस्दै आएका थिए। उनीसँगै त्यहाँ ९ जना बालबालिका बस्ने गर्छन्। सो होस्टलका ५ जना विद्यार्थी पोखरा–१५ फलेपाटनमा रहेको सिद्ध माविमा अध्ययन गर्दै आएका छन्। रेमन भने कक्षा नर्सरीमा अध्ययनरत छन्।

सदाझैं सोमबारपनि रेमन र उनका साथीहरु कक्षामा बसिरहेका थिए। शिक्षिका सिर्जना कँडेल विद्यार्थीलाई पढाउन कक्षामा गईन्। कक्षामा पुग्ने वित्तिकै एक जना विद्यार्थीले आफूले रबर भेट्टाएको भन्दै उक्त रबरले कट्टुमा पिसाब फेर्नेको पिसाब फेर्ने ठाउँ (लिङ्ग) बाँध्न मिल्छ भन्दै शिक्षिका कँडेललाई दिएछ। 

शिक्षिका कँडेल विद्यार्थीको कुरा सुनेर आश्चर्यचकित भईछन र भनिछन्, ‘कसले भन्यो यस्तो नचाहिने कुरा?’ तत्कालै विद्यार्थीले जवाफ दिएछ, ‘रमनको पिसाब फेर्ने ठाउँ (लिङ्ग) बाँधेको छ नपत्याए हेर्नु त’। 

नभन्दै रमनलाई शिक्षिकाले हेर्दा त उ रोईरहेको भेटियो। लगत्तै रेमनको कपडा खोलेर हेर्दा उनको पिसाब फेर्ने ठाउँ (लिङ्ग) रबरले बाँधिएको थियो। जसका कारण उनको (लिङ्ग) मा रबरको डाम थियो भने पेट फुलेको थियो।

शिक्षिकाले कसले हो यसरी बाँधिदिएको भनेर सोध्दा रेमनसँगै अध्ययनरत होस्टल वार्डेन जानुकाकी छोरीले ‘हाम्रो ममिले’ पिसाब नफेरोस् भनेर बाँधिदिएको भनेपछि घटनाको खुलाशा भएको विद्यालय श्रोतले जनाएको छ। पछि पीडित विद्यार्थी रेमनलेपनि होस्टल वार्डेन जानुकाले आफ्नो पिसाब फेर्ने ठाउँ (लिङ्ग) बाँधिदिएको बताएका छन्।

जानुकाले रेमनलाई मात्र होईन, होस्टलमा बस्ने अन्यलाईपनि बारम्बार यस्तै यातना दिने गरेको पीडित विद्यार्थी बताउँछन्। उनले रेमनलाई यस्तो यातना दिएको दोश्रो पटक हो। यसअघीपनि यस्तै यातना दिएको रेमनले बताएका छन्। 

जानुकाले होस्टलमा रहेका छात्रहरुको पिसाब फेर्ने ठाउँ (लिङ्ग) मात्र होईन छात्रा (केटी)हरुलाई पनि यातना दिने गरेको बताईन्छ। उनले ओछ्यानमा पिसाब फेरेको दिन जसले पिसाब फेरेको हो उक्त छात्राको पिसाब फेर्ने (गुप्ताङ्ग) मा मैनवत्ती बालेर झोसिदिने गरेको पीडितको आरोप छ।

तर पीडक भनिएकी जानुकाले घटना घटाएको स्वीकारेकी छैनन्। घटना सार्बजनिक भएलगत्तै विद्यालयमा बोलाएर गरिएको सोधपुछमा उनले आफूले विद्यार्थीको पिसाब फेर्ने ठाउँ (लिङ्ग)मा नबाँधेको जिकीर गरिन्। तर होस्टल सञ्चालक राहुल नेपालीले भने घटनाको जिम्मेवारी लिदै अब आईन्दा घटना नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन्।

घटना लुकाउने शर्तसहित गरिएको सम्झौता पत्रमा उनले आगामी दिनमा यस्ता घट्ना दोहोरिए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताएका छन्। सो सम्झौता पत्रमा होस्टल वार्डेन जानुका नेपालीका श्रीमान किसन नेपालीलेसमेत हस्ताक्षर गरेका छन्। आजको नागरिक दैनिकमा  खबर  छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved