झापा / झापा स् नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भए पछि विश्वप्रकाश शर्मा पहिलो पटक पुष ७ गते गृह जिल्ला झापा आउँदै छन् ।महामन्त्री शर्माले ७ गते दिउँसो बिर्तामोडस्थित अग्रसेन भवनमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको महामन्त्री शर्माको सचिवालयले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
आफ्नो कर्म भूमिलाई सम्मान गर्न महामन्त्री शर्मा झापा आउन लागेको शर्माको सचिवालयका सदस्य पुष्पराज पौडेलले जानकारी दिए। पौडेलका अनुसार पुष ७ गते बुधवार महामन्त्री शर्मा चन्द्रगढी विमानस्थलबाट सोझै अग्रसेन भवन बिर्तामोड पुग्ने र कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved