प्रदेश १ निर्वाचन क्षेत्र विकास कार्यक्रम : निर्वाचित सांसदले एक करोड पाउने

  • पुस ६, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । प्रदेश १ मन्त्रीपरिषद् बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम(सञ्चालन नियमावली) पारित गरेको छ । सोमबार बसेको बैठकले सांसदलाई योजना छनोट गर्ने अधिकारसहित प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन नियमावली पारित गरेको हो ।  

शेरधन राई नेतृत्वको सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम प्रदेश मातहतका कार्यलयले सञ्चालन गर्नेगरी छुट्टा छुट्टै कार्यविधि बनाएको थियो ।

  अघिल्लो सरकारको कार्यविधि खारेज गर्दै प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम(सञ्चालन नियमावली) पारित गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताए ।

 प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदले आफ्नो क्षेत्रका लागि एक करोड रूपैयाँ र समानुपातिक प्रदेश सांसदले ५० लाख रुपैयाँ बजेट खर्च गर्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
साक्षर जिल्ला घोषणा ...

काठमाडौं :। कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइ ...

बाला चतुर्दशी पर्वमा ...

काठमाडौंं । बाला चतुर्दशी पर्वका पितृका नाममा बत्ती बाल्नेका लागि पशुपति क्षेत्र विकास कोषले दुई हजा ...

आजको मौसम : तराईमा ह ...

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved