नेकपामा प्रचण्डको यात्रा कति सहज कति असहज

  • माघ ५, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्ष पाएपछि तत्कालीन एमालेका नेताहरुसँग उनको सहकार्य कसरी अघि बढ्छ भन्ने बारेमा कौतुहलता मात्रै उत्पन्न भएको छैन् , अन्य नेताहरुसँग उनको सहकार्य कसरी हुन्छ भन्ने प्रश्न पनि उत्तिकै जन्मिएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीपछिको ठूलो समूह चलाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डको सम्बन्ध खास मधुर र खास धमिलो छैन ।

नेपाललाई किनारामा पार्ने ओलीको स्वार्थमा प्रचण्ड पनि सहयात्री बनेको चर्चा नेपाल समूहभित्र वेलावेला हुने गरेकाले नेपाल समूहले त्यसलाई मधुर सम्बन्ध राख्न चाहेको छैन । ‘एक व्यक्ति एक पद’ लागू हुनुपर्ने नारा उठाउँदै आएका नेपाल ओलीसँग सन्तुष्ट छैनन । कार्यकारी अध्यक्ष भएपछि पनि ओलीकै इच्छाअनुसार प्रचण्ड चले भने नेपाल पनि टाढिन सक्ने खतरा त्यत्तिकै छ । सभामुख प्रकरणमा माधव नेपाल चुपचाप बसेपनि ओली प्रचण्डवीच शक्ति संघर्ष देखिएको छ । यो शक्ति संघर्ष लामो समय टाढिन सक्ने संभावना रहेको छ । प्रचण्डलाई सधै अर्का वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य वामदेव गौतमलाई पनि मिलाएर लैजानुपर्ने आवश्यकता छ ।

एमालेसम्बद्ध कार्यकर्ता पंक्तिलाई मिलाएर लैजानु चुनौतीपूर्ण भएकै कारण अहिले विष्णु पौडेललाई सँगै लिएर हिड्न थालेका छन् । त्यही पार्टीपंक्तिलाई रिझाउन प्रचण्डले वेलावेला आफूलाई मदन भण्डारीसँग तुलना गर्ने र बाहिरबाट आएको नेता भए पनि स्विकार्न सक्नुपर्छ भन्ने अभिव्यक्ति दिँदै आएका छन् । ३१ भदौमा बसेको पार्टी सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । तर अहिलेसम्म त्यो निर्णय कार्यान्वयनमा आउन सकेको छैन । पछिल्लो समय प्रचण्डसँग विस्तारै सम्बन्ध टाढा बनाएका गौतमले प्रचण्डलाई सजिलै विश्वास गर्ने आधार तय भैसकेको छैन । गौतमसँगको सम्बन्ध टिकाइराख्न पनि प्रचण्डमाथि ठूलै दबाब छ । पूर्व एमाललाई काखी च्याप्दा आफ्नाहरु चिढिने खतरापनि त्यतिकै बढेर गएको छ । पछिल्लो समय गौतमसँग ओलीको सम्बन्ध राम्रै भएको छ ।

गौतमलाई उपाध्यक्ष बनाउने ओलीको प्रस्तावमाथि सबैभन्दा पहिलो समर्थन अध्यक्ष प्रचण्डले नै गरेका भएपनि राष्टिय सभाको निर्वाचनमा उम्मेदवार छनौटपछि गौतम प्रचण्डसँग टाढा भएका हुन । कार्यकारी भूमिकामा पुगेपछि सचिवालयका यी नेतासँगको सम्बन्ध कसरी सन्तुलनमा राख्ने भन्ने पनि प्रचण्डलाई बढ्तै दबाब परेको छ । युद्धको पृष्ठभूमिबाट आएका प्रचण्डका लागि ठूलो चुनौती तत्कालीन एमालेसम्बद्ध कार्यकर्ता पंक्तिलाई मिलाएर लैजान सक्नु हो ।

सामाजिक जीवनमा घुलमिल भएका र शान्तिपूर्ण प्रतिस्पर्धाबाट आएका पूर्वएमालेसम्बद्ध नेता–कार्यकर्ताहरू अहिले पनि युद्धको पृष्ठभूमिबाट आएको पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई स्विकार्न धेरै ठाउँमा अप्ठ्यारो परेको छ । प्रचण्डले त्यही पार्टी पंक्तिलाई रिझाउन वेलावेला आफूलाई मदन भण्डारीसँग तुलना गर्ने र बाहिरबाट आएको नेता भए पनि स्विकार्नुपर्छ भन्ने अभिव्यक्ति दिँदै आएका छन । उनले केही समयअघि आफू ‘सक्कली माओवादी नभएको’ पनि बताएका थिए । बोलेर मात्रै नभई व्यवहारमा पनि एमालेसम्बद्ध नेता–कार्यकर्ताहरूको विश्वास जित्नु प्रचण्डको चुनौती हो । पछिल्ला दिन प्रचण्डका लागि निकै असहज बन्दै गएको छ । यसले ओली प्रचण्डको सम्बन्धमा समेत दरार ल्याउन आँकलन गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved