डेढसय वर्षपछि इलाममा भेटियो हङरायो !

  • पुस ६, २०७८
  • कालापानी मिडिया
alt

इलाम ।  संसारमै दुर्लभ मानिएको पंक्षी ‘हङरायो’ पूर्वी नेपालको इलाममा फेला परेको छ । चराप्रेमी एवं अध्येता देवेन खरेलले इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मा मंगलबार एक जोडी भाले हङरायो फेला पारेका हुन् । उनले यी दुर्लभ चराको तस्बिरसमेत खिचेका छन् ।

नेपालीमा हङरायो नामले चिनिने यो पंक्षीको वैज्ञानिक नाम रुफस नेक्ड हर्नबिल हो । हङरायो धनेश समूहभित्रको त्यस्तो सुन्दर पंक्षी हो । नेपाली समाजमा कसैले ठूलो गाँस लगाएर खाना खायो भने ‘हङरायोले पांग्रा निलेजस्तो नगर्’ भन्ने आहान अझै पनि जिवितै छ ।

चराको तस्बिर खिचेपछि खुशी हुँदै खरेलले भने, ‘मेरो जीवनको दोस्रो ठूलो उपलब्धि, होमराई चरा दुईवटा भाले बाटोमा भेटिए । नेपालमा डेढ सय वर्षयता यो चरा देखिएको थिएन । पहिले यसको अस्थित्व हुँदा पनि फोटोग्राफी प्रमाण थिएन । यसको फोटो अहिलेसम्म नेपालमा कोहीसँग पनि छैन । डेढ सय वर्षयताकै यो पहिलो रेकर्ड हो नेपालमा ।’

चराको तस्बिर खिच्न इलाम पुगेका खरेलले रातोपाटीसँग भने, ‘म त चरै खोज्न हिँड्ने मान्छे हुँ । चराहरु बचाउनुपर्छ, चराहरु जोगाउनुपर्छ भन्ने मान्छे हुँ । मैले पहिले पनि नेपालका लागि हरित परेवा भेटेर रेकर्ड राखेको थिएँ । अहिले इलामको सूर्योदय नगरपालिका १ को सिमधाम भन्ने ठाउँको एक सय मिटरमा यो चरा भेटियो ।’  

जैविक विविधतासम्बन्धी अध्येता कमल मादेन भन्छन्, ‘पछिल्ला २–३ वर्षयता पूर्वी नेपालमा अचम्मै गरी चराका तस्बिर खिचिरहेका मित्र देवेन खरेलले इलामको सूर्योदयमा एक जोडी भाले रुफस नेक्ड हर्नबिल फेला पारे । मित्र खरेल जति हर्षित छन, त्योभन्दा बढी म खुशी छु ।’

मादेन भन्छन्, यो पंक्षी ब्राइन हड्सनले सन् १८२९ मा नेपालबाट बिश्वको निम्ति नयाँ पत्ता लगाएका थिए । त्यसपछि यसको एक अर्को सन् १८५० मा संकलन गरिएको नमुना बेल्जियमा संग्रहित छ । मैले, त्यो रुफस नेक्ड हर्नविल इलाममा पाइन सक्छ भनेको थिएँ, मेरो अनुमान सही निस्कियो ।’

मादेनका अनुसार हङरायोलाई नै अंग्रेजी शब्दावलीमा रुफस नेक्ड हर्नबिल भनिन्छ । यसलाई नेपालबाट लोप भएका पंक्षीहरुमा गणना गरिन्छ । उनी भन्छन्, यो चराको जति वर्णन गरे पनि कमै हुन्छ । साइज र सुन्दरताको दुष्टिकोणले त्यो नेपालको वनजंगलमा बस्ने सबैभन्दा ठूलो र सुन्दर पंक्षी मानिन्थ्यो । यसको चुच्चोको टुप्पोदेखि पुच्छरको टुप्पोसम्मको लम्बाइको ४ फिटसम्म हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved