जनकपुर । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोगसम्बन्धी (एमसीस) सम्झौता अगाडि बढ्ने स्पष्ट पारेका छन् ।
‘एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो,’ जनकपुर पुगेका गृहमन्त्री खाँणले सञ्चारकर्मीको प्रश्नमा भने,‘एमसीसी धेरै अगाडि नै सम्झौता भएको हो । नेपालको विकासका लागि नेपाल सरकारले नै बढाएको हो ।’
एमसीसी ऋण नभई निशर्त अनुदान भएको उनको भनाई थियो । विद्युतीकरण र सडक निर्माणका लागि सरकारले नै प्रस्ताव गरेपछि अमेरिकाले विकास परियोजनालाई स्वीकारेर ल्याएको बताए ।
एमसीसीबारे भ्रमहरु देखिएको भन्दै त्यसमा अल्झन नहुने बताए । उनले भने,‘यो निशर्त अनुदान हो ।’ एमसीसीबारे दलहरुबीच छलफल चलिरहेको बताए । चाँडै निष्कर्ष निकालेर अघि बढिने उनको भनाई थियो । उनले एमसीसी अगाडि बढाउनु सरकारको दायित्व भएको समेत बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved