सेनाको व्यारेक छेउमै भेटियाे भरुवा बन्दुक, बारुद र खुकुरी भेटिएपछि....!

  • पुस ६, २०७८
  • कालापानी मिडिया
alt

भद्रपुर । नेपाली सेनाले झापाको मेचीनगर नगरपालिका–१३ चारआली जङ्गलबाट एउटा भरुवा बन्दुक, खुकुरी र बारुद फेला पारेको छ ।

नेपाली सेनाको नयाँ श्रीनाथ गणदेखि ५०० मिटर दक्षिणतर्फको जंगलभित्र सोमबार बिहान पौने ८ बजे दुई जना व्यक्ति बसिरहेको देखेपछि नेपाली सेनाको गस्ती टोली त्यहाँ पुगेको थियो ।

सेनालाई देखेपछि ती व्यक्ति त्यहाँबाट भागेको र घटनास्थलबाट बारुद लोड गरिएको एउटा भरुवा बन्दुक, बन्दुकमा प्रयोग गरिने दुई थान सिसाका डल्ला, एउटा खुकुरी, बारुद दुई पोका, सलाई र कम्मर पेटी बरामद गरिएको नयाँ श्रीनाथ गण प्रमुख सेनानी अमरजङ्ग थापाले जानकारी दिए ।

सेनालाई देखेपछि बन्दुकसहितको सामान झाडीमा फालेर ती व्यक्तिहरू भाग्न सफल भएको प्रमुख सेनानी थापाले बताए । जङ्गल क्षेत्रमै सेनाको ब्यारेक रहेको र बेला बेला ब्यारेकभित्रै बन्दुक पड्केको आवाज आउन थालेपछि सेनाले जङ्गलभित्र गस्ती बढाएको उनको भनाइ छ ।

प्रमुख सेनानी थापाका अनुसार जङ्गलमा शिकार खेल्न हातहतियारसहित सिकारी आउने गरेको र भागेका व्यक्ति पनि सिकारी नै भएको उनले बताए । बरामद गरिएको बन्दुकसहितको सामग्रीहरू वन कर्मचारी र प्रहरीले मुचुल्का उठाएर जिम्मा लगाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved