प्रदेश १ माओवादी केन्द्र अधिवेशन : नेतृत्व चयनका लागि आजै निर्वाचनको तयारी

  • पुस ७, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को पदाधिकारी टुङ्गो लगाउन आज (बुधबार) निर्वाचनको तयारी थालिएको छ । 

छलफल एवम् बैठकबाट सहमतिमा नेतृत्व चयन गर्न नसकिएपछि निर्वाचन गर्नुपर्ने अवस्था आएको एक नेताले बताए । पदाधिकारी टुङ्गो लगाउन गठन भएको कार्यदल, प्रदेश १ का केन्द्रीय सदस्य र नेतृत्वका आकांक्षीबीच यसअघि बसेको बैठक ​बिनानिष्कर्ष टुङ्गिएको थियो । 

पदाधिकारीका आकांक्षीले दाबी नछाडेपछि नेतृत्व चयनमा सहमति जुट्न नसकेको हो । नौ पदाधिकारीका लागि तीन दर्जन बढीले दाबेदारी प्रस्तुत गरेका छन् । सहमतिका लागि पुनः आज बैठक पनि बस्दै छ । 

तर बैठकमा सहमति जुट्ने सम्भावना नभएपछि निर्वाचनको तयारी गरिएको कार्यदलका एक सदस्यले बताए । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा सहमति नजुटेपछि प्रदेश १ मा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठक मङ्गलबार बसेको हो। 

माओवादी प्रदेश १ को पहिलो अधिवेशन गत मङ्सिर २५ र २६ गते भएको थियो । उक्त अधिवेशनमा पदाधिकारी चयन गर्न नसकेपछि दुई सय ७१ सदस्यीय कमिटी घोषणा गरिएको थियो । पार्टीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी र मोक्साहाङ मेन्याङ्बोले दाबी गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved