इलामका चिया कृषकलाई बगानमै काँट छाँट गर्ने तालिम

  • पुस ७, २०७८
  • कालापानी मिडिया
alt

इलाम । चिया क्षेत्रको विकासका लागि ठोस काम गर्न नसकेको आरोप खेपिरहेको चिया तथा कफी विकास वोर्डले कृषकको वगानमै पुगेर प्राविधिक ज्ञान दिन थालेको छ । गुणस्तर वृद्धिका लागि इलामका झन्डै ३ हजार कृषकलाई एकसाथ चिया काट्ने तालिम दिन थालिएको हो ।

इलामका चिया कृषकले पहिलो पटक बगानमै चिया कााटछााट गर्ने तालिमको अवसर पाएका छन् । चिया तथा कफी विकास बोर्डले नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजनाअन्तर्गत ११ स्थानबाट चियाको बोट सुधार तालिम दिएको हो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुरुप नेपाली चियाको गुणस्तर बृद्धि गर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित परियोजनाले चियाको बोटबाटै सुधारका कार्यक्रम अगाडि बढाएको हो ।

काँटछाँटदेखि बगानमा मलजल गर्ने, टिप्ने, रोगकिरा नियन्त्रणलगायतका सम्पूर्ण प्रकृयाका लागि वगानस्तरमा नै तालिम सञ्चालन गर्ने बोर्डको भनाई छ । किसानलाई ८६ समूह निर्माण गरी विभिन्न चरणका प्राविधिक तालिम दिन थालिएको छ ।

परियोजनाले किसानलाई आवश्यक उपकरण, चिया टिप्ने झोला र कम्पोष्ट मलका लागि गोठ निर्माणमा साझेदारी गर्ने भएको छ । चियामा प्रविधि हस्तान्तरणले उत्पादनदेखि बजारसम्म गुणस्तर कायम गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved