बिराटनगरमा सेक्युरिटी मजदुरको सेवासुविधा कटौती गरेपछि आन्दोलित

  • पुस ७, २०७८
  • कालापानी मिडिया
alt

विराटनगर । ग्रुप फोर सेक्युरिटी सर्भिसेज (जि.फोर. एस.) प्रालिले सुरक्षा गार्डलाई दिदै आएको सेवा सुविधा कटौति गरेपछि श्रमिकहरू आन्दोलित भएका छन् ।

कम्पनीले दिँदै आएको ग्रेड बढुवालगायतको सेवा सुविधाहरू कोभिड १९ को बहना बनाउँदै उक्त प्रालिले रोक्का गरेपछि जि. फोर. एस मा आवद्ध भएका सुरक्षा गार्डहरू आन्दोलित भएका हुन् ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघको नेतृत्वमा सुरक्षा गार्डहरूले कम्पनीले दिदै आएको सेवा सुविधाहरू निरन्तर रूपमा दिनुपर्ने भन्दै उनीहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम पनि सार्वजानिक गरेका छन् । उनीहरूले सुरक्षा गार्डहरूले राखेको माग सम्बन्धन गर्नको लागि यसअघि कम्पनीलाई दुई साताको समय दिएका थिए ।

कम्पनीले श्रमिकको माग सुनवाइ नगरेपछि बाध्य भएर चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजानिक गरेको अखिल नेपाल सेक्युरिटी मजदुर संघ मोरङका अध्यक्ष श्याम कुमार गौतमलले जानकारी दिए । ‘कम्पनीले यसअघि ग्रेड बुढुवा, विदा, विरामी विदा लगायतको सम्पूर्ण सेवा सुविधा दिने गरेको थियो । कोभिड १९ पछि अहिले विगतमा दिदै आएको सेवा सुविधाहरू रोक्का गरेको छ,’ अध्यक्ष गौतमलले भने, ‘यसरी श्रमिककहरूलाई दिदै आएको सेवा सुविधा कम्पनीले कटौति गरेपछि बाध्य भएर आन्दोलनमा होमिनु परेको छ ।’ उनीहरूले न्यूनतम बेतन वृद्धि, वार्षिक ग्रेड बढुवा, वार्षिक विदा, उपदान, संचयकोषलगायतका ३१ बुँदे माग राख्दै चरणबद्ध आन्दोलनमा कार्यक्रम सार्वजनिक गरेका छन् ।

आन्दोलनको कार्यक्रम अन्तरगत पुस ७ गते श्रम कार्यालय र सामाजिक सुरक्षा कोषमा ध्यानआकर्षण गराउने, पुस १० गते सबै प्रतिष्ठान जि.फोर.एस. व्यवस्थापनले गरेको मजदुरमारा कार्यहरूको पत्र मार्फत भण्डाफोर गर्ने, २० गतेदेखि माग पूरा नभएसम्म कम्पनीको व्यवस्थापनले गरेको मजदुरमारा कार्यको मिडिया मार्फत भण्डाफोर गर्ने कार्यक्रम रहेको छ ।

यस्तै पुस ३० गते कम्पनीको व्यवस्थापनले गरेको मजदुरमारा कार्यहरुको विभिन्न माध्यमबाट अन्तर्राष्ट्रियकरण गरि नयाँ कम्पनीलाई ध्यानाकर्षण गराउने रहेको छ । यस्तै माघ ५ गते जिफोर एसको केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखा कार्यालहरुमा १ घण्टा नारा जुलस प्रदर्शनसहितको कोणसभा गर्ने, माघ २५ गते कम्पनीको केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गर्ने अध्यक्ष गौतमलले जानकारी दिए ।

यदि गर्दा पनि श्रमिकको माग सुनवाइ नभए माघ २५ गते हेडअफिसलगायतका सम्पूर्ण शाखा कार्यालयहरुमा व्यवस्थापन पक्षलाई प्रवेशमा रोक लगाउने र चैत ५ गते केन्द्रीय कार्यालयदेखि देशभरीको सम्पूर्ण शाखा कार्यालयहरु तालाबन्दी गर्ने मजदुर संघले चेतवनी दिएका छन् ।

उनीहरूले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमसहितको बोधार्थ श्रम तथा रोजगार कार्यालय जिल्ला प्रशासन कार्यालय मोरङ, मोरङ प्रशानलगायतका १५ वटा कार्यालयमा पढाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved