साउदी राजकुमारले उद्घाटन गरेको २० अर्ब डलरको महत्वाकांक्षी ‘जेद्दा प्रोजेक्ट’ के हो ?

  • पुस ७, २०७८
  • कालापानी मिडिया
alt

 साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले शुक्रबार ७५ अर्ब रियाल (करिब २० अर्ब डलर) लगानीमा बन्ने ‘मास्टर डेभलपमेन्ट डाउनटाउन जेद्दा प्रोजेक्ट’को उद्घाटन गरेका छन् । यसलाई ‘न्यू जेद्दा डाउनटाउन’को नामले पनि चिनिँदै आएको छ । यो परियोजनालाई ५०.७ लाख वर्ग मिटर क्षेत्रमा विकसित गरिनेछ ।

यो परियोजनालाई केन्द्रीय जेद्दा विकासको सार्वजनिक लगानी कोषबाट तीन चरणमा तयार गरिनेछ । यसमध्ये पहिलो चरण २०२७ को अन्त्यसम्म पूरा गरिनेछ । त्यसपछि देश तथा विदेशका मानिसहरु डाउनटाउन जेद्दा आउन सक्नेछन् । साउदी प्रेस एजेन्सीका अनुसार यसलाई सार्वजनिक लगानी कोष र देश विदेशका लगानीकर्ताको कोषबाट तयार गरिनेछ ।

यसलाई बनाउने कम्पनीले अहिले योजना अनुसार सबै चरणको कार्यान्वयन सुनिश्चित गर्नको लागि सबै सम्बन्धित जानकारीको साथमा काम गरिरहेको छ । ‘डाउनटाउन जेद्दा’ परियोजनाको लक्ष्य २०३० सम्म साउदीको अर्थव्यवस्थामा ४७ अर्ब रियाल थप्नु हो । यो परियोजनामा एक ओपेरा हाउस, एक संग्रहालय, एक खेल स्टेडियम, महासागर घाटीहरु र कोरल फर्म हुनेछन् । यसका अलावा यसमा १० मनोरञ्जन र पर्यटन परियोजनाहरु पनि हुनेछन् ।

परियोजनामा एक विश्वस्तरीय मरिना र बीच रिसोर्ट पनि हुनेछ । यसका अलावा यहाँ स्थानीय र अन्तर्राष्ट्रिय लग्जरी होटलहरु, रेष्टुरेण्ट र क्याफे हुनेछन् । मानिसहरुका लागि किनमेलका विभिन्न किसिमका विकल्प हुनेछन् । परियोजनाको परिचालनबाट स्थानीय निजी क्षेत्रका कम्पनीहरुले अन्तर्राष्ट्रिय मानकहरुको साथमा पर्यटन, खेल, सांस्कृतिक र मनोरञ्जन जस्ता आर्थिक क्षेत्रको विकास तथा संचालनमा भाग लिने अवसर पाउनेछन् ।

५०० भन्दा धेरै इन्जिनियर र सल्लाहकारहरुले मास्टर प्लानको डिजाइन तैयार गरेका हुन् । डाउनटाउन जेद्दा परियोजनामा कैयौं प्राकृतिक विशेषताहरु छन् । यसमा ९.५ किलोमिटर लम्बाइको वाटरफ्रन्ट हुनेछ । यसमा मरिना हुनेछ जहाँ देशभित्र र बाहिरबाट याट आउन सक्नेछन् । यसका अलावा २.१ किलोमिटर लामो बालुवाको समुद्र किनार हुनेछ । परियोजनाको ४० प्रतिशत भाग हरियाली, खुला स्थान र सार्वजनिक सेवाहरुको लागि हुनेछ । एजेन्सीकाे सहयाेगमा 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved