विदेश जानेहरुलाई काठमाडौंका विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप दिन सुरु

  • पुस ७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारले विदेश जानेहरुलाई प्राथमिकता दिएर काठमाडौंका विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप दिन सुरु गरेको छ ।

सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट खोप लगाउन पाइने खोप शाखा प्रमुख सागर दाहालले उज्यालोलाई जानकारी दिनुभयो । यी अस्पतालहरुबाट जोन्सनसँगै कोभिसिल्ड र भेरोसेलको खोप पनि पाइन्छ । जोन्सनको खोप भने विदेश जानेहरुलाई प्राथमिकतामा राखेर दिन थालिएको उनले वताए ।

जोन्सनको खोप एक डोज मात्रै लगाउँदा हुने भएकाले विदेश जानेहरुले यही खोप खोज्ने गरेको छन् । गएको बिहीबार नेपालमा जोन्सन एण्ड जोन्सनको थप २१ लाख ७६ हजार ६ सय ५० मात्रा ल्याएपछि काठमाण्डौका अस्पतालहरुबाट वितरण थालिएको हो । यसअघि अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइएको थियो । त्यसपछि वैदेशिक रोजगारीमा जानेहरुलाई पनि यो खोप दिइएको थियो । तर खोप पर्याप्त नहुँदा विदेश जानेहरुले पाउन सकेका थिएनन् ।

जोन्सनको खोप पाउने काठमाण्डौका अस्पतालहरुबाट भेरोसेल र कोभिसिल्डको खोप पनि लगाउन पाइने खोप शाखाले जनाएको छ । यसअघि कुनै एक केन्द्रमा एक किसिमको खोप पाउने गरेकोमा अब सबै केन्द्रमा एक मात्रा लगाए पुग्ने जोन्सन एण्ड जोन्सन र दुई मात्रा लगाउनुपर्ने भेरोसेल र कोभिसिल्ड खोप लगाउन सकिनेछ । खोप लगाउन छुटेका १८ वर्षमाथिका नागरिकलाई तोकिएको केन्द्रमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved