देउवा-ओली निकटता बढ्दा प्रचण्ड – माधवलाइ तनाव

  • पुस ७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनको उदघाटनमा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पुगे । उनी नारायणी नदी तीरमा पुगेर लामो समय बसे र छोटो भाषण गरे । काँग्रेसको काठमाडौंमा भएको १४औं महाधिवेशन उदघाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग महिनौंपछि एउटै मञ्चमा देखिए । ओलीले देउवासँग मिलेर जान सकिने संकेत पनि सोही कार्यक्रममा गरे । उनले एमाले एक्लै नहिंड्ने सम्म भने । त्यसै दिन ओलीले देउवासँग मिलेर जाने संकेत गरेका थिए ।

अमेरिकी सहयोग सम्बन्धी एमसीसी संसदमा अगाडि बढाउने पहल भइरहँदा प्रचण्डले ओलीमाथि गठबन्धन फुटाउन खोजेको आरोप लगाए । ओलीले देउवालाई एक्लै सरकार चलाउन साथ दिने ससर्त प्रस्ताव गरेको विषय खुलाए । जसमा माओवादी र नेकपा एसलाई सरकारबाट हटाउने विषय रहेको उनको भनाई थियो । प्रचण्डको यो भनाई त्यसै आएको होइन ।

राजनीतिक घटनाक्रम यसरी बढिरहेको छ कि देउवाको प्रचण्ड र माधव नेपालसँग दूरी निरन्तर बढिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने विषयमा देउवा विरोधमा देखिएका छन् । प्रचण्ड र माधव नेपाल जबरालाई हटाउने पक्षमा भित्र भित्र देखिएका छन् । उनीहरु निकट कानुन व्यवसायीहरु बढी जबराविरुद्ध उभिएका छन् ।

अर्कोतर्फ, एमसीसीको विपक्षमा प्रचण्ड र माधव नेपाल देखिएका छन् । देउवा एमसीसी पारित गर्ने पक्षमा छन् । ओलीले एमसीसीलाई आफ्नो राजनीतिक अस्त्र बनाएका छन् । एमसीसी पारित गर्न सर्तसहित तयार देखिएका छन् । एमसीसीकै मुद्दाले देउवा र ओलीलाई नजिक बनाउँदैछ ।

एमसीसी पारित गर्ने पक्षमा प्रचण्ड र माधव नेपाल नदेखिए ओलीको साथ लिएर देउवा अगाडि बढ्ने सम्भावना विकास हुँदैछ । ओली त्यही चाहन्छन् । यसकारण देउवाको ओलीसँग निकटता बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved