नेपाल–भारत रेलसेवा अंग्रेजी नयाँ वर्षबाट सुरु गर्ने तयारी, ३४ किमिमा रेल चल्ने

  • पुस ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाै । इन्डो–नेपाल रेल सेवा अंग्रेजी नयाँ वर्ष अर्थात् सात दिनपछि सुरु गर्ने तयारी भएको छ। टाइम्स अफ इन्डियाका अनुसार भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४.५ किमि रेलसेवा जनवरीदेखि अर्थात् मध्यपुसबाट सुरु हुनसक्ने भएको हो। 

उक्त रेल नेटवर्कलाई जयनगर–कुर्था, कुर्था–बिजिलपुरा र बिजिलपुरा–बर्दिबास गरी तीन चरणमा सम्पन्न गर्ने जिम्मा इर्कोन इन्टरनेशनल लिमिटेडले पाएको छ। यसभित्र ६८ किमि दूरी पर्छ। 

ईसीआरका प्रमुख जनसम्पर्क अधिकृत (सीपीआरओ) राजेश कुमारले जयनगर–कुर्था रेलसेवा पूर्ण तयार भइसकेको बताए। नेपालले भारतीय कम्पनी कोंकण रेलवेबाट दुईवटा रेल नेपाललाई गत वर्ष नै हस्तान्तरण गरिसकेको छ। 

रेल ल्याए पनि नेपालले सञ्चालन अझै सुरु गर्नसकेको छैन। जयनगर–कुर्था ट्राकको परीक्षण समेत सम्पन्न भइसकेको छ। 

जयनगर–कुर्था रेल सञ्चालनमा आएपछि दुवै देशको टोलीले कुर्था–बिजिलपुरा ट्राकको अनुगमन र उच्च गतिको रेल सञ्चालन गरेर परीक्षण गर्नेछन्। 

तेस्रो फेजमा बिजिलपुरादेखि बर्दिबाससम्म १७ किमि रेल ट्राक बन्नेछ। तर यसका लागि नेपाल सरकारले जग्गा अधिग्रहण गर्नै बाँकी छ। सोही कारण नयाँ रेल लाइन र स्टेसन भवन निर्माणको काम हुनसकेको छैन। ​

जयनगरदेखि बर्दिबाससम्म रेल चल्दा भने आठ स्टेसन हुनेछन् भने छ ठाउँमा रेल रोकिनेछन्। 

सन् २०१८ अगस्टमा नेपाल र भारतबीच भएको सम्झौताअनुसार यो परियोजनाको अनुमानित लागत ७ अर्ब ८७ करोड भारु हुने भारतीय विदेश मामिला मन्त्रालयले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved