दाङ पुगेर राजेन्द्र लिङदेनले भने : कांग्रेस र कम्युनिस्ट मिलेर देशलाइ बन्धक बनाए

  • पुस ९, २०७८
  • कालापानी मिडिया
alt

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसले देशलाई बन्धक बनाएको टिप्पणी गरेका छन् ।

दाङमा बिहीबार भएको लुम्बिनी प्रदेशको विस्तारित बैठकमा उनले कम्युनिष्ट र कांग्रेसले तीन दशकदेखि मुलकमा लुटतन्त्र मच्चाएको आरोप लगाए ।

‘देश कांग्रेस–कम्युनिष्टहरुको बन्धक बनेको छ’ उनले भने ‘त्यसको साक्षी जनता भन्दा को हुन सक्छ ?’ २०४६ सालपछि लोकतन्त्र र गणतन्त्रका नाममा देशलाई भष्ट्राचारमा डुबाउने काम भएको भन्दै लिङ्देनले भने, ‘वाइडबडी काण्डदेखि बालुवाटार जग्गा प्रकरणसम्म हरेक दल मुछिएका छन् ।’ कम्युनिष्ट र कांग्रेसले सिन्डिकेट लगाएर देश लुटेको उनको जिकिर छ ।

लिङ्देनले ठूला–ठूला सपना देखाएर जनतालाई गाईवस्तुजस्तो ठानेको टिप्पणी गरे । ‘जनता कुनै पार्टीको गाईवस्तु होइनन्’ उनले भने, ‘अब परिवर्तन चाहने हो भने जनताहरुले कांग्रेस, एमाले र माओवादीको दाम्लो चुँडालेर राप्रपाको अभियानलाई साथ दिनुपर्छ ।’

राप्रपा अध्यक्ष लिङ्देनले राजसंस्था फाल्नु नै गलत भएको बताए । उनले कांग्रेस र कम्युनिष्टले एउटा राजा फालेर थुपै्र राजा जन्माएर मुलुकमा आर्थिक भार थपेको टिप्पणी गरे । ‘हिजो एउटा राजाकै कारण देश बनेन भनेर राजा फालियो’ उनले भने, ‘अहिले धेरै राजाहरु जन्मिएर देश बर्बादीमा पुग्यो ।’

राप्रपाले महाधिवेशनपछि लुम्बिनी प्रदेशस्तरीय प्रथम विस्तारित बैठक तुलसीपुरमा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved