अरु कुनै बिकल्प नै थिएन - बेलायती राजकुमार ह्यारी

  • माघ ६, २०७६
  • कालापानी मिडिया
alt

६ माघ, बेलायती राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताएका छन् । राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले ‘आस्था वा निष्ठाको लामो छलाङ्ग’ मारेको बताएका छन् ।

आइतबार बेलुका भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा द ड्युक अफ ससेक्सले आफू र श्रीमती मेगन जिम्मेवारीहरुबाट नभागेको स्पष्ट पारेका छन् । राजकुमार ह्यारीले भनेका छन्, ‘बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ हो, यो कहिले पनि परिवर्तन हुने छैन ।’

एचआरए (हिज हर रोयल हाइनेस) उपाधिबाट पछि हट्ने घोषणा गरेपछि राजकुमार ह्यारी पहिलोपटक यसबारे सार्वजनिक रुपमा बोलेका हुन् ।ह्यारी र उनकी श्रीमती मेगनले अबदेखि हिज/हर रोयल हाइनेस (एचआरएच) सम्बोधन प्रयोग गर्ने छैनन् । यस्तै राजकीय जिम्मेवारीका लागि उनीहरुले सार्वजनिक कोषको प्रयोग पनि नगर्ने बेलायती राजदरबार बकिङ्गहम प्यालेसले शनिबार जानकारी दिएको थियो । द ड्युक एण्ड डचेज अफ ससेक्सले ‘सिनियर’ राजपरिवार सदस्यबाट पछि हट्ने घोषणा जनवरी ८ मा गरेका हुन् । उनीहरुले वित्तिय रुपमा आत्मनिर्भर हुने गरी काम गर्ने योजना रहेको पनि उल्लेख गरेका थिए ।

राजकुमार ह्यारीले आइतबार बेलुका सेन्ट्रल लण्डनमा दक्षिण अफ्रिकामा एचआइभी संक्रमणसहितका बालबालिकाको सहयोगका लागि रकम संकलन गर्न भएको कार्यक्रममा सम्बोधन गरेका हुन् । सम्बोधनको सुरुमा राजकुमार ह्यारीले भने, ‘पछिल्ला केही हप्तामा तपाईँहरुले सञ्चारमाध्यम वा पत्रपत्रिकामार्फत के के सुन्नु भयो या पढ्नु भयो भन्नेबारे म मात्रै कल्पना गर्न सक्छु । त्यसैले म तपाईँहरु मेरो तर्फबाट सत्य सुन्नु होस् भन्ने चाहन्छु, यो सत्य राजकुमार या ड्युकका रुपमा होइन ह्यारीका रुपमा मात्रै हो ।’

सम्बोधनको क्रममा राजकुमार ह्यारीले भने, ‘मेरी हजुरआमा, मेरो कमाण्डर इन चिफप्रति जहिले अति आदर र सम्मान रहने छ ।’ ह्यारीले भनेका छन, ‘महारानीलाई गर्ने सेवा, कमनवेल्थमा गर्ने सेवा र सैन्य सेवामा मेरो संलग्नता निरन्तर गर्ने हाम्रो आशा थियो, तर सार्वजनिक कोषको प्रयोग बिना । अफसोचको कुरा सम्भव भएन।’ उनले भनेका छन्, ‘मैले यो स्वीकार गरेको छु, यसले म को हुँ भन्ने कुरा परिवर्तन गर्दैन र म कति प्रतिबद्ध छु भन्ने कुरामा पनि फरक ल्याउने छैन ।’राजकुमार ह्यारीले आफूले लिएको निर्णय हलुकामा लिएको निर्णय नरहेको बताएका छन् ।

यस्तै ह्यारी र मेगनले अबदेखि औपचारिक रुपमा महारानीको प्रतिनितत्व गर्ने छैनन् । द ड्युक एण्ड डचेज अफ ससेक्सले उनीहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता गर्ने जनाइएको छ । फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती परिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

गएको सोमबार बेलायती राजपरिवारका उच्च सदस्यहरुको बैठक सान्ड्रिङ्घममा भएको थियो । सो बैठकमा ह्यारी र मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा छलफल भएपछि दरबारको यो वक्तव्य आएको हो । सोमबारको भेटमा महारानी एलिजाबेथ, राजकुमार ह्यारी ह्यारीका पिता राजकुमार चाल्र्स ९प्रिन्स अफ वेल्स० तथा दाइ राकजुमार विललियम (ड्युक अफ क्याम्ब्रिज) पनि उपस्थित थिए । द ड्युक एण्ड डचेज अफ ससेक्स (राजकुरमा ह्यारी र उनकी पत्नि मेगन) ले आफूहरु बेलायती राजपरिवारको शीर्ष सदस्याबाट पछि हट्न चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved