९ वटा मात्र वडा रहेकाे उर्लावारीलाइ बढाएर ११ वटा बनाउने

  • पुस ९, २०७८
  • कालापानी मिडिया
alt

उर्लाबारी । भूगोल र जनसंख्याको आधारमा मोरङको उर्लाबारी नगरपालिकाको वडा संख्या बढाउने विषयमा उर्लाबारीका राजनीतिक दलहरु एकजुट भएका छन् । उर्लाबारी नगरपालिकाको आयोजनामा आज बसेको सर्वदलीय, सर्वपक्षीय बैठकमा वडा संख्या बढाउने सहमति जुटेको हो ।

नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा बसको बैठकले हाल ९ वटा वडा रहेको उर्लाबारीमा भूगोल र जनसंख्यालाई आधार बनाएर दुई वटासम्म वडा थप्ने र त्यसका लागि वडा वडामा गएर छलफल चलाउने निर्णय भएको छ । राज्य पुनर्संरचना अनुसार उर्लाबारी नगरपालिकामा तत्कालीन राजघाट गाविस र मधुमल्ला गाविसको वडा नं. ७, ८ र ९ मिसाएर नगरपालिका घोषणा गरिएको थियो ।

मधुमल्लाबाट समायोजन भएको हालको वडा नं. १ को भूगोल ठूलो भएको, बीचमा बक्राहा खोलाका कारण समस्या भएको, तत्कालीन राजघाटलाई समायोजन गरी बनाइएको वडा नं. ८ र ९ को भूगोल पनि ठूलो भएकोले वडा संख्या बढाउनका लागि सर्वदलीय सहमति खोजिएको नगर प्रमुख फागोले बताए । वडा नं. १ को बक्राहा पश्चिमका भाग वडा नं. ४ मा मिसाउने, वडा नं. ४ को तल्लो भागलाई वडा नं. ८ मा मिसाएर राजघाटतर्फ वडा थप्ने विषयमा छलफल केन्द्रीत भएको थियो ।

यही विषयमा वडा वडामा छलफल गरी साझा धारणा बनाएर वडा थप गर्न प्रदेश हुँदै संघीय सरकारमा सिफारिस गर्ने प्रक्रियाको थालनी गर्ने बैठकले निर्णय गरेको छ ।वडा कायम हुनका लागि ६४ सय जनसंख्या हुनुपर्ने प्रावधान रहेको छ । उर्लाबारीको पछिल्लो तथ्यांक अनुसार ७५ हजार हाराहारीमा जनसंख्या रहेकोले दुई वडा थप गरी ११ वटासम्म बनाउन सकिने विषयमा छलफल भएको छ ।

संविधानतः स्थानीय तहले वडा थप गर्न नगर सभाको दुई तिहाइले पारित गरी प्रदेश सरकारमा सिफारिस गर्नु पर्छ । प्रदेश सरकारले संघीय सरकारमा निर्णय कार्यान्वयनका लागि पठाउँछन् । उर्लाबारीमा नगर सभा र कार्यपालिका बैठकले यसअघि नै वडा थप गर्ने निर्णय गरेको थियो ।

बैठकमा उर्लाबारीमा क्रियाशील राजनीतिक दलका प्रमुखहरु नेकपा एमालेका नगर अध्यक्ष गंगा बास्तोला, नेपाली काँग्रेसका सभापति सुरेन्द्र लिम्बू, माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाल, नेकपा एसका अध्यक्ष डिवी थापा, राप्रपा अध्यक्ष देवीप्रसाद दाहाल, जसपा अध्यक्ष मात्रिका धिमाल, वडाध्यक्षहरु, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरे, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराईलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved