बैंकहरुले अचानक बढाए ब्याजदर , कुन बैंकको कति बढ्यो ?

  • पुस ९, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डाै । वाणिज्य बैंकहरुले आज शुक्रवारदेखि गतेदेखि लागू हुने गरी निक्षेप र कर्जा दुवैको ब्याजदर बढाएका छन् । भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूले औसत १ देखि २ प्रतिशतसम्म ब्याजदर बढाएका छन् । सबैभन्दा बढी सनराइज बैंकले एक वर्षभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दती निक्षेपमा १० दशमलव ०७ प्रतिशत, ग्लोबल आईएमई बैंकले मुद्दतीको ब्याजदर १० दशमलव ५ प्रतिशत र सानिमा बैंकले १० दशमलव ०१ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ७ दशमलव २५ प्रतिशतबाट ९ दशमलव ०६ प्रतिशत, प्राइम बैंकले ७ दशमलव ७६ प्रतिशतबाट ९ दशमलव ७६ प्रतिशत, एनएमबी बैंकले ७ दशमलव ५० प्रतिशतबाट ९ दशमलव ५२ प्रतिशत र सानिमा बैंकले ६ दशमलव ८५ प्रतिशतबाट ९ दशमलव ५१ प्रतिशत ब्याजदर पुर्याएका छन् ।

यस्तै नविल बैंकले ७ दशमलव ५१ प्रतिशतबाट ९ दशमलव २६ प्रतिशत, एनसीसी बैंकले ८ प्रतिशतबाट ९ दशमलव २६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ७ दशमलव १ प्रतिशतबाट ९ दशमलव ५० प्रतिशत, सिभिल बैंकले ८ दशमलव ७८ प्रतिशतबाट ९ दशमलव २५ प्रतिशत र सेञ्चुरी बैंकले ७ दशमलव ५० प्रतिशतबाट ९ दशमलव २५ प्रतिशत पुर्याएका छन्।

नेपाल बङ्गलादेश बैंकले ७ दशमलव ५० प्रतिशतबाट ८ दशमलव ७६ प्रतिशत, सिद्धार्थ बैंकले ७ प्रतिशतबाट ९ दशमलव ०२ प्रतिशत ब्याजदर कायम गरेको छ । एभरेस्ट बैंकले ७ प्रतिशतबाट ८ दशमलव ६१ प्रतिशत, कृषि विकास बैंकले ७ दशमलव ५० प्रतिशतबाट ८ दशमलव ६० प्रतिशत, माछापुच्छ्रे बैंकले ७ दशमलव ०५ प्रतिशतबाट ८ दशमलव ७५ प्रतिशत, र नेपाल एसबीआई बैंकले ७ दशमलव ५५ प्रतिशतबाट ८ दशमलव ५५ प्रतिशत निक्षेपको ब्याजदर पुर्याएका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ७ प्रतिशतबाट ८ दशमलव ५० प्रतिशत, बैंक अफ काठमाण्डाैले ७ प्रतिशतबाट ८ दशमलव २७ प्रतिशत, हिमालयन बैंकले ७ प्रतिशतबाट ८ दशमलव ५० प्रतिशत, लक्ष्मी बैंकले ७ प्रतिशतबाट ८ दशमलव ५० प्रतिशत, कुमारी बैंकले ७ दशमलव ६५ प्रतिशतबाट ८ दशमलव १५ प्रतिशत प्रभु बैंकले ७ दशमलव ७५ प्रतिशतबाट ८ दशमलव २५ प्रतिशत मुद्दती निक्षेपको ब्याजदर पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved