कोरोनाविरुद्धको खोप अभियान : प्रदेश १ मा भेरोसेलको सिरिन्ज अभाव

  • पुस ९, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । प्रदेश १ मा सञ्चालन भएको कोभिड विरुद्धको खोप अभियान प्रभावित बन्ने देखिएको छ। भेरोसेल खोपका लागि सिरिन्ज अभावले खोप कार्यक्रम प्रभावित बन्ने अवस्था आएको प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ।

केन्द्रमा हाल ३ लाख १२ हजार डोज भेरोसेल खोप मौज्दात छ । तर सिरिन्ज अभावमा त्यो खोप दिन सकिएको छैन। 

‘केन्द्रमा १० हजार वटा मात्र सिरिन्ज छ’, प्रमुख चन्द्रकान्त ठाकुरले भने,  ‘२–४ दिन सम्ममा सिरिन्ज नआए भेरोसेल खोप कार्यक्रम नै रोकिने स्थिती आउँछ।’

यसैबीच प्रदेश १ का सुनसरी, मोरङ र झापाबाहेकका ११ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप आज (बिहीबार) बाट लगाइँदैछ।

प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले १२ देखि १७ जिल्लाका बालबालिकाका लागि ११ वटै जिल्लामा मोडर्ना खोप पुगिसकेकोले आजबाट संखुवासभाबाट खोप लगाउन सुरु गरिने जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved